रामेछापमा NCC जुनियर डिभिजन प्रशिक्षण सुरु

 सोमवार, मंसिर २०, २०७८ | onlinenews
Share this

सन्तोष ढुङ्गेल


रामेछाप । रामेछापको रामेछाप नगरपालिकास्थित गौरिशंकर माध्यामिक विद्यालय र श्री माध्यामिक विद्यालयमा राष्ट्रिय सेवा दल (National Cadet Corps) को जुनियर डिभिजन प्रशिक्षण सुरु भएको छ ।
दुबै बिद्यालयका ३६ जना छात्र तथा ३६ जना छात्रहरु गरि ७२ जना विद्यार्थीहरुको सहभागिता रहेको छ । श्री नयाँ गोरख गणका गणपति प्रमुख सेनानी बिष्ण सापकोटाले प्रशिक्षणको शुभारम्भ गरेका हुन् । दुई वटा विद्यालयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरि प्रशिक्षण शुभारम्भ गरिएको हो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, प्राधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको उद्घाटन कार्यक्रमहरुमा गणपति सापकोटाले राष्ट्रिय सेवा दल (National Cadet Corps) को जुनियर डिभिजन प्रशिक्षणले विद्यार्थीहरुमा अनुशासन, देशभक्ति, नेतृत्व क्षमता, विपद ब्यबस्थापन क्षमता अभिबृद्धि तथा बिबिध बिषयहरुमा ज्ञान प्राप्त गर्ने बताए ।
प्रशिक्षणमा उत्कृष्ठ हुने विद्यार्थीहरुले बिभिन्न मित्रराष्ट्रहरुमा युथ एक्स्चेन्ज कार्यक्रम अन्तर्गत भ्रमणको अवसर पनि प्राप्त गर्न सक्ने छन् । नेपालमा राष्ट्रिय सेवा दल (National Cadet Corps) को प्रशिक्षण बिक्रम सम्वत २०२२ देखि सुरु भएको हो भने यसको अल्मुनाई समेत हरेक जिल्लामा गठन भएको छ । रामेछाप लगायत देशैभरीका अन्य विद्यालयहरुमा समेत राष्ट्रिय सेवा दल (National Cadet Corps) को जुनियर डिभिजन प्रशिक्षणको माग बढिरहेको प्रमुख सेनानी सापकोटाल बताए ।

Share this

प्रतिकृया

Add