नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
नवराज विश्वकर्मा
रामेछाप । गैरसरकारी संस्था महासंघ बागमती प्रदेशका इञ्चार्ज तथा केन्द्रीय सदस्य मिलनकुमार घिसिङ, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्यद्वय नवराज पथिक र युनिक विफा घिसिङ सम्मानीत भएका छन् ।
हुराडेक नेपाल दोलखाको सहजीकरणमा सञ्चालित नागरिक समाज पारिस्परि जफावदेहिता परियोजना, मानव अधिकार संरक्षण सञ्जाल रामेछाप र गैरसरकारी संस्था महासंघले संयुक्त रुपमा सम्मान गरेको हो ।
हालै निर्वाचित हुनु भएका गैरसरकारी महासंघका केन्द्रीय सदस्य मिलन घिसिङ, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्यद्वय नवराज पथिक र युनिक विफा घिसिङलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रमलाई संवोधन गर्दै गैसस महासंघका केन्द्रीय सदस्य मिलनकुमार घिसिङले यो सम्मानले आफूलाई थप जिम्मेवारी बोध गराएको बताए ।
आगामी दिनमा सामाजिक क्षेत्रमा काम गर्दा कोहीकसैको पनि मनोभावना माथि ठेस पुग्नेगरी काम नगर्ने बताए । साथै केन्द्रीय सदस्य घिसिङले पछिल्लो समय सामाजिक अभियान्ता तथा मानव अधिकारकर्मीहरुको ध्यान राजनीतिक आस्थाप्रति बढी केन्द्रित भएको भन्दै त्यस्तो हुन नहुने बताए ।
सामाजिक अभियन्ताहरु राजनीतिक पार्टीप्रति लिप्त हुँदा उनीहरुबीचमा नै विग्रह आउने उनले बताए । जसले गर्दा सामाजिक मुद्दा कमजोर हुन पुगेको उनको भनाई छ । आफू जुन क्षेत्रमा लाग्ने हो त्यो क्षेत्रप्रति स्पष्ट हुनुपर्ने घिसिङले बताए । सामाजिक मुद्दालाई राजनीतिक दलसँग जोडेरै हल गर्नुपर्ने भए पनि पार्टीको कार्यकर्ता जस्तो भएर सामाजिक मुद्दाबाट बिचलित हुन नहुने घिसिङले बताए । राजनीतिक प्रभावका कारण सामाजि न्याय मर्न लागेको खण्डमा त्यसको बचाउ गर्ने कुरामा मानव अधिकारकर्मी र सामाजिक अभियन्ताहरु सदैव एकजुट भएर लाग्नु पर्नेमा घिसिङले जोड दिए ।
यसैबीच गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवन श्रेष्ठले राज्यले समयमा उचित कानून निर्माण नगर्दा गैरसरकारी संस्थासँग जोडिएर आएका विदेशी अनुदानहरु समेत रोकिएको बताए ।
संघ, संस्था दर्ता ऐन, २०३४ परिमार्जन गर्न आफूहरुले सरकारलाई पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरेको उनले गुनासो गरे । ऐन परिमार्जन गरी सामाजिक ऐन ल्याउनुपर्ने उनको भनाई छ ।