नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
नवराज विश्वकर्मा
रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमाले रामेछाप आठौँ जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । अधिवेशन तयारीका लागि १० वटा समितिहरु गठन गरेर यही पौष २३ र २४ गते मन्थली हुने अधिवेशनमा जुटेको हो ।
अधिवेशन तयारीको लागि नेकपा एमाले रामेछापका अध्यक्ष शान्तिप्रसाद पौडेलको संयोजकत्वमा ४ सदस्यीय राजनीतिक सांगठानिक प्रतिवेदन तयारी समिति गठन गरेको छ । त्यसैगरी शान्तिप्रसाद पौडेलकै संयोजकत्वमा ५ सदस्यीय आर्थिक ब्यस्थापन समिति बनाइएको छ ।
जिल्ला कमिटीका सदस्यहरु, नगर तथा गाउँपालिका कमिटीका पदाधिकारी, जनसंगठन र सम्पर्क मञ्चका पदाधिकारी रहेको विभिन्न दश वटा समिति गठन गरेको हो ।
रामप्रसाद देवकोटाको संयोजकत्वमा तीन सदस्यीय आर्थिक प्रतिवेदन समिति, पार्टी सचिव आनन्द श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय प्रतिनिधि व्यवस्थापन समिति, प्रकाशकुमार कार्कीको संयोजकत्वमा २२ सदस्यीय प्रसार समिति, पुरुषोत्तम कडरियाको संयोजकत्वमा ५ सदस्यीय खाद्य तथा आवास व्यवस्थापन समिति र गोपाल श्रेष्ठको संयोजकत्वमा ४ सदस्यीय मञ्च व्यवस्थापन समिति गठन गरिएको छ ।
यसैगरी लब श्रेष्ठको संयोजकत्वमा १४ सदस्यी स्वयंसेवक परिचाल समिति, प्रेमबहादुर तामाङको संयोजकत्वमा ६ सदस्यीय अतिथि स्वागत सत्कार समिति र झम्क कडेलको संयोजकत्वमा साँस्कृतिक कार्यक्रम समिति गठन गरिएको नेकपा एमाले रामेछापले जानकारी दिएको छ ।
जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौट यही पौष १७ गते जिल्लाको ६४ वटै वडाहरुबाट गरिने नेकपा एमाले रामेछापका अध्यक्ष शान्तिप्रसाद पौडेलले जानकारी दिए । सल्लाहकार समिति, पालिका कमिटीहरु, जनसंगठनहरु र रामेछापसम्पर्क मञ्चबाट पौष १८ गते प्रतिनिधि छनौट गर्ने जनाइएको छ ।
भूगोलतर्फको प्रतिनिधि छनौट गर्दा उत्पीडित सस्दयको संख्या घटाई प्रत्येक वडामा पहिलो ५० लाई आधार संख्या मानि त्यसबाट खुल्ला दुई र एक महिलाको प्रतिनिधित्व हुनेछ । पहिलो ५० सदस्यको एक खुुल्ला र त्यसपछिको ५० मा महिला प्रतिनिधि क्रमशः हुने जनाइएको छ ।
बाँकी रहेका मध्ये २५ जना वा सोभन्दा बढी भएमा थप एक जना प्रतिनिधि बन्ने छन् । उत्पीडितको हकमा प्रत्येक वडाबाट दशलाई आधार संख्या मानी त्यसबाट एक पुरुष वा महिला, प्रत्येक थप १० मा महिला प्रतिनिधि हुनेछ । अन्तिम बाँकी ५ वा ५ भन्दा माथि भए थप एक प्रतिनिधि छानिने छन् ।
जिल्ला अन्तर्गतका जनसंगठनहरु राष्ट्रिय युवा संघ नेपालबाट पाँच जना, अनेरास्ववियूबाट पाँच जना, अखिल नेपाल किसान महासंघबाट पाँच जना, नेपाल ट्रेड युनियन जिफन्टबाट तीन जना, अखिल नेपाल महिला संघबाट पाँच जना, प्रेस चौतारीबाट पाँच जना, लोकतान्त्रिक जनजाती महासंघबाट पाँच जना, पेशागत महासंघबाट पाँच जना, जनसाँस्कृतिक महासंघबाट दुई जना, मानव अधिकार एलायन्सबाट पाँच जना र नेपाल उद्योग व्यवसायी महासंघबाट पाँच जना प्रतिनिधी छनौट हुनेछन् ।
नेपाल बुद्धिजीवि परिषदबाट दुई जना, उत्पीडित जाति मुक्ति समाजबाट पाँच जना, नेपाल खेलकुद महासंघबाट पाँच जना, भूपु सैनिक प्रहरी संगठनबाट दुई जना, प्रगतिशिल कानून व्यवसाय संगठनबाट दुई जना, रामेछाप काठमाडौँ सम्पर्क मञ्चबाट १५ जना, जिल्ला सल्लाहकारबाट १५ जना र नगर तथा गाउँ कमिटीबाट पाँच जना प्रतिनिधि छनौट गरिने एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले जानकारी दिए ।