जबजबिना समाजवाद सम्भव छैनः ढुङ्गेल

 मङ्लबार, पुस १३, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । नेपाल एमाले रामेछापका इञ्चार्ज कैलाशप्रसाद ढुङ्गेलले जबजविना समाजवाद सम्भव नभएको बताए । माक्र्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवादलाई छोडेर समाजवाद भेटाउन नसकिने बताए ।
नेपका एमाले रामेछापको आठौं अधिवेशन तयारी बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्ला इञ्चार्ज ढुङ्गेलले यस्तो बताएका हुन् ।
एमालेको कार्यदिशा माक्र्सवाद लेलिनवाद र जनताको बहुदलीय जनवाद भएको भन्दै जबजले मात्रै जनतालाई अधिकतम सुविधान दिनसम्ने बताए । नेकपा एमालेले जबजको रक्षा विकास र प्रयोग गर्दै आएको ढुङ्गेलको भनाई छ ।
केन्द्रीय सदस्य समेत रहेका ढुङ्गेलले आफूहरुले आत्मसात गरेको जबजको सिद्धान्तको बारेमा जनतालाई केही हदसम्म बुझाउ सफल भएको बताए । शान्तिपूर्ण मार्गबाट जनतालाई राहत दिने कार्यक्रम ल्याउने एकमात्र बाटो जबज भएको उनको भनाई छ ।
एमालेले विचार, संगठन र नेतृत्वलाई सधैँ निरन्तरता दिँदै आएको बताए । प्रतस्पर्धा र पहलकदमी जबजको मूल उद्देश्य रहेको ढुङ्गेलले बताए । विचार र सिद्धान्तामा बहस गर्ने तर अन्य पार्टीहरुसँग सहकार्य गरेर अघि बढ्ने एमालेको नीति रहेको ढुङ्गेलको भनाई छ ।

Share this

प्रतिकृया

Add