नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
१५ पौष, रामेछाप । रामेछापाको खाँडादेवि गाउँपालिका दूध, मासु, तरकारी र अण्डामा आत्मनिर्भर रहेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले बताए । गाउँपालिकाले उत्पादन गरेको तरकारी रामेछापको सदरमुकाम मन्थलीदेखि काठमाडौंको कालिमाटीसम्म पुग्ने गरेको अध्यक्ष तामाङले बताए । बाख्रा, बंगुर, कुखुरा पालन र तरकारी खेती ब्यवसायमार्फत पालिकालाई तरकारी र मासुमा आत्मनिर्भर बनाइएको अध्यक्ष तामाङले बताए । कृषकलाई कृषि पेशाप्रति आकर्षित गर्न गाउँपालिकाले कृषि ऋणमा ब्याज अनुदान दिएको बताए । किसानले कृषि ऋण लिएर कृषि उत्पादनको क्षेत्रमा लगानी गरेमा गाउँपालिकाले ब्याज तिरिदिने बताए । कृषकले उत्पादन गरेको कृषि तथा तरकारीजन्य बस्तु बिक्री नभएमा बजार ब्यवस्थापनमा गाउँपालिकाले सहजीकरण गर्दै आएको बताए । किसानले उत्पादन गरेको बस्तु बिक्री नभएमा किसानले निर्धारण गरेको मूल्यमा गाउँपालिकाले किनिदिने भएकाले किसानले बजारको चिन्ता गर्नु नपर्ने अध्यक्ष तामाङको भनाई छ ।
खाँडादेवि गाउँपालिकाको ५ वटा वडाहरु सुख्खाग्रस्त क्षेत्रमा पर्दछन् । खानेपानीको चरम समस्या रहको खाँडादेवि गाउँपालिमा लिफ्टमार्फत खानेपानीको ब्यवस्थापन गरिएको पालिका अध्यक्ष तामाङले बताए । खानेपानीको सुविधा पुग्न बाँकी केही ठाउँहरुमा आफ्नै कार्यकालमा ब्यवस्थापन गर्ने बताए । सिंचाई सुविधाको लागि पाँच वर्षिय आवधिक योजना बनाएर लागिपरेको बताए । आवधिक योजना हाम्रो कार्यकालमा ३ वर्ष हुन्छ अध्यक्ष तामाङले भने । चोप्राङको टिमस खोला र भटौली खोलाको मुहानमा ड्याम निर्माण गरि पालिकाको वडा नंं ३,४,५ र ६ मा सिंचाई सुविधा पुर्याउने महत्वकांक्षी योजना रहेको पनि तामाङले बताए । खानेपानीको समस्याको दीर्घकालिन समाधानको लागि सुनकोसी र तामाकोसी नदीबाट लिफ्ट मार्फत खानेपानी ब्यवस्थापनमा लागिरहेको बताए ।