एमाले रामेछापको अधिवेशन तयारी पूरा

७५० जना प्रतिनिधि सहभागी हुँने

 बिहिबार, पुस २२, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । नेकपा एमाले रामेछापको आठौँ अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । भोली र पर्सि दुई दिने हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नेकपा एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले जानकारी दिए ।
अधिवेशनको मुलनारा “दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौँ, जबजको मार्ग दर्शनमा समाजवादको आधार निर्माण गरौँ” भन्ने तय गरेको छ । सदरमुकाम मन्थलीमा हुने जिल्ला अधिवेशनमा ७ सय ५० जना प्रतिनिधि सहभागी हुने नेकपा एमाले रामेछापले जनाएको छ ।
प्रचार विभाग प्रमुख कार्कीका अनुसार मञ्च व्यवस्थापनको काम सकिएको छ भने अधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदन पनि तयार भइसकेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा रामेछापका इञ्चार्ज कैलाशप्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यतामा हुनेका अधिवेशनका लागि केन्द्रीय सदस्य माधव ढुङ्गेल र गिता कार्की रामेछाप आइसकेकी छन् ।

Share this

प्रतिकृया

Add