नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
नवराज विश्वकर्मा
रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य तथा रामेछापका इञ्चार्ज कैलाशप्रसाद ढुङ्गेलले आगामी निर्वाचनमा रामेछापको ८ वटै पालिकामा गठबन्धनलाई धुलो चटाउने बताए ।
नेपाली काँग्रेस, माओवादी, समाजवादी र मधेसवादी दलहरु एक्लै चुनाव लड्न डराएर गठबन्धन गरेको बताए । अहिलेको गठबन्धन भन्दा एमाले एक्कै बलियो रहेको आगामी निर्वाचनले प्रमाणित गर्ने बताए । आगामी निर्वाचमा तीनै तहमा नेकपा एमालेको बर्चस्व कायम हुने ढुङ्गेलको भनाई छ । नेकपा एमाले मुलुकको अभिभावक पार्टी भएको बताए ।
मन्थलीमा सुरु भएको नेकपा एमाले रामेछापको आठौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई संवोधन गर्दै ढुङ्गेलले यस्तो बताएका हुन् । अन्य पार्टीहरुलाई कुकुर र कागको संज्ञा दिंदै एमाले पार्टी हात्ती भएकाले कुकुर जति भुके पनि केही नहुने बताए । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा भेला भएजति मानिस एमाले रामेछापको जिल्ला अधिवेशनमा जम्मा भएको ढुङ्गेलले बताए । केपी ओली नेतृत्वको सरकारको लोकप्रियतासँग डराएर, देशी विदेशी शक्तिको आडमा सरकाबाट हटाएको ढुङ्गेलको कथन थियो । केपी ओलीले संसद विघटन गरेर नेपालले प्राप्त गरेको उपलब्धिको रक्षा गरेको उनको भनाई थियो । नेपालको एकमात्र विकासप्रेमी पार्टी नेकपा एमाले भएकाले आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने दावि समेत गरे । रामेछाप जिल्लामा एमालेकै नेतृत्वमा विकासको लहर आएको बताए । दुई दिनसम्म चल्ने एमाले रामेछापको अधिवेशनमा ७ सय ५० जना प्रतिनिधि सहमागी भएका छन् ।