लब श्रेष्ठको अध्यक्षमा उम्मेदवारी घोषणा

 शनिबार, पुस २४, २०७८ | onlinenews
Share this

रामेछाप । सदरमुकाम मन्थलीमा जारी नेकपा एमालेको आठौँ जिल्ला अधिवेशनका लागि एमाले नेता लब श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आपूmले धेरै पटक पद त्याग गर्दै आएकाले सशक्त पार्टी निर्माणको लागि यो पटक अध्यक्षमा आफ्नो दाव रहेको श्रेष्ठले बताए । सर्वसम्मतिबाट नेतृत्व नटुङ्गिएको अवस्थामा आपूmले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्ने बताए । सम्र्वसम्मतिबाट नेतृत्व टुङ्गिने अवस्था आएमा पार्टीले गरेको निर्णयलाई स्वीकार गर्ने पनि उनले बताए ।
पार्टीमा रहेर लामो समयदेखि योगदान गर्दै आएको तर पार्टीभित्र सधैँभरी त्याग गर्दै आएकाले यो पटक उम्मेदवारी दिने बताए । २०४६ सालमा भिमेश्वर मावि चरिकोटका अनेरास्ववियु प्रारम्भिक कमिटीमा काम गरेका श्रेष्ठ २०४७ सालमा अनेरास्ववियु रामेछापका जिल्ला समिति सदस्य भएका थिए । त्यसैगरी २०५१ सालमा अनेरास्ववियु रामेछापका अध्यक्ष भएका थिए । २०५४ सालदेखि लगातार तीन कार्यकाल अखिल राष्ट्रिय परिषदका सदस्य भएका श्रेष्ठ २०५९ सालमा संगठनको केन्द्रीय कार्यालय सचिव भएर काम गरे । २०६० सालदेखि पार्टीको काममा सक्रिय भएका श्रेष्ठ २०६२ सालमा युवा संघ रामेछापका अध्यक्ष बने । २०६३ सालमा नेकपा एमाले रामेछापको जिल्ला समिति सदस्य भएका श्रेष्ठ २०६५ सालदेखि निरन्तर जिल्ला पार्टी सचिवालयमा रहेर काम गर्दै आएका छन् ।

Share this

प्रतिकृया

Add