तेस्रो मन्थली मेयर कपको उपाधी मन्थली–१ लाई

 आइतवार, पुस २५, २०७८ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । तेस्रो मन्थली मेयर कप पुरूष भलिबल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका वडा नं. १ ले हात पारेको छ । प्रतियोगितामा नगद एक लाख रुपैयाँ सहित शिल्ड र प्रमाण–पत्र मन्थली–१ ले हात पारेको हो । प्रतियोगिताको द्वितीय पुरस्कार नगद ७५ हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र मन्थली–११ गेलुले हात पारेको छ । प्रतियोगिताको तृतीय पुरस्कार नगद ५० हजार रुपैयाँसहित शिल्ड र प्रमाण–पत्र मन्थली नगरपालिका ४ सालुले प्राप्त गरेको छ । त्यसैगरी सान्त्वना पुरस्कार नगद ३० हजार रुपैयाँ र प्रमाण–पत्र मन्थली १० चनखुले प्राप्त गरेको छ । यो प्रतियोगितामा मन्थली नगरपालिकाका १४ वटा वडाका खेलाडीहरूको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add