६ महिनामा मन्थली नगरपालिकाको खर्च २० प्रतिशत

 बुधबार, पुस २८, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । मन्थली नगरपालिकाले चालू आर्थिक वर्षको ६ महिनामा २० प्रतिशत मात्रै खर्च गरेको छ । १० औँ नगर सभाको निर्णय सार्वजनिक गर्दै नगरप्रमुख रमेशकुमार बस्नेतले ६ महिनामा २० प्रतिशतमात्र बजेट खर्च भएको जानकारी दिए । नगरको चालु आर्थिक वर्षको कुल बजेट १ अर्ब ७ करोड ८५ लाख ३८ हजार ८ सय ७२ रुपैयाँ प्रस्ताव गरेको थियो । ६ महिनामा नगरको कुल बजेटको बीस करोड ९५ लाख १३ हजार १ सय ६१ रुपैयाँ खर्च भएको नगरप्रमुख बस्नेतले बताए । नगरपालिकाले चालुु खर्चतर्फ १४ करोड ९६ लाख ३३ हजार ६८ रुपैयाँ र पूँजिगततर्फ पाँच करोड ९८ लाख ५० हजार ९२ रुपैयाँ खर्च भएको छ । नगरपालिकाले गरेको खर्च सन्तोजनक नदेखिएको नगरप्रमुख बस्नेतले बताए । विकास निर्माणका बारेमा गम्भीर रुपमा समीक्षा गर्नुपर्ने बताए । खर्च प्रणालीलाई सुधार गर्दै लैजानुपर्ने आवश्यक्ता रहेको समेत नगरप्रमुख बस्नेतले बताए ।

Share this

प्रतिकृया

Add