खोपको अभावमा समयमै बुस्टर जोडको खोप लगाउन नसकिएको स्वास्थ्य कार्यालय रामेछापको भनाई

 शनिबार, माघ १, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । सरकारले माघ २ गतेदेखि बुस्टर डोजको खोप अभियान सञ्चालन गर्न सम्बन्धित निकायलाई परिपत्र गरिसकेको छ । सरकारले पाैष ३० गते सात वटै प्रदेश स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई परिपत्र गर्दै माघ २ गतेबाट अग्रपंङ्तीमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई बुस्टर डोज खोप लगाउन निर्देशन दिइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर माघ २ गतेदेखि अग्रपंक्तिमा खटिनेहरुलाई बुस्टर डोज दिन भनेको हो । रामेछापमा अग्रपंक्तितमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकार लगायत संख्या १८ हजार जना रहेका छन् । तर, खोप अभावका कारण माघ २ गतेदेखि बुस्टर डोज खोप अभियान सञ्चानल गर्न नसकिने स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिएका छन् । सरकारले समन्वय नै नगरी एक्कासी परिपत्र गर्दा तोकिएको समयमा खोप अभियान सुरु गर्न नसकिने उनले बताए ।
स्वास्थ्य कार्यालय रामेछापले कुल एक लाख ५८ हजार ८ सय ४० जनालाई खोप लगाउने लक्ष्य लिएको थियो । हालसम्म स्वास्थ्य कार्यालयले लिएको कुल लक्षित संख्याको तुलनामा एक लाख दश हजार ७ सय १७ जना अर्थात ६९.७० प्रतिशतले कारोना विरुद्धको खोप लिएका छन् । जसमध्ये ६२ हजार ४ सय ६९ अर्थात ५६.४२ प्रतिशतले पूर्ण मात्रमा खोप लगाएका छन् । अहिले ४८ हजार २ सय ४८ जनाले पहिलो डोज मात्रा खोप लगाएका छन्; दोस्रो मात्रा लगाउन बाँकी नै छ । अहिलेसम्म कोभिशील पहिलो मात्रा खोप लगाउनेको संख्या १८ हजार ८ सय ८९ जना रहेको छ भने दोस्रो मात्रा खोप लगाउनेको संख्या १६ हजार ५ सय ६० जना रहेको छ । यस्तै, अस्ट्राजेनिका खोपको पहिलो मात्र लगाउनेको संख्या २९ हजार ६ सय ८५ रहेको छ भने दोस्रो मात्रा खोप लगाउनेको संख्या तीन हजार ७ सय २५ जना रहेको छ । यसैगरी, भेरोसेलको ३५ हजार ९५ जनाले पहिलो मात्रा लगाएका छन् भने ३३ हजार १सय ६६ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । एक मात्र लगाउँदा हुने जोनसन खोप लगाउनेको संख्या ९ हजार १८ जना रहेको छ । मोर्डनाको पहिलो मात्रा खोप लगाउनेको संख्या १८ हजार ३० जना रहेका छन् ।

Share this

प्रतिकृया

Add