सुनापती गाउँपलिकाद्वारा एकल पुरुष भत्ता वितरण

 बिहिबार, फाल्गुन ५, २०७८ | onlinenews
Share this

सन्तोष ढुङ्गेल


रामेछाप । जिल्लाको सुनापती गाउँपलिकाले पालिकाले ६२ जना एकल पुरुषलाई भत्ता वितरण गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम नै बनाएर भत्ता एक पुरुष भत्ताको लागि बजेट विनियोजन गरेको थियो । एकल पुरुषलाई भत्ता दिने छुट्टै कार्यविधि बनाएको र निश्चित मापदण्ड तोकिएको पालिकाले जनाएको छ ।
विवाहित र अविवाहित पुरुषको हकमा पनि मापदण्ड तोकिएको सुनापती गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले बताए । विवाहपछि एकल भएका खण्डमा पुरुषलाई ५० वर्ष र अविवाहित पुरुषलाई ६० वर्ष मापदण्ड तोकिएको पनि अधिकृत श्रेष्ठले जानकारी दिए । पालिकाले पाँच वटै वडाबाट एकल पुरुषले तोकिएको मापदण्ड पूरा गरी आवेदन दिन सक्ने व्यवस्था गरेको पालिका अध्यक्ष धावा लामाले बताए । महिलाजस्तै पुरुष पनि एकल हुँदा केही राहत होस् भन्ने उद्देश्यले भत्ता दिएको अध्यक्ष लामाले बताए । एकल पुरुषले पनि भत्ता पाएपछि राहत महशुल गरेको लामाको भनाई छ । पालिका उपाध्यक्षको संयोजकत्वमामा प्रत्येक वडामै गएर भत्ता वितरण गर्ने गरिएको अध्यक्ष लामाले जानकारी दिए ।
यता एकल पुरुष भत्ता पाएपछि केहि राहत महसुस गरेको एकल पुरुषहरुको भनाई छ । भत्ता प्राप्त गर्ने अधिकांश एकल पुरुषहरुले पालिकाले थोरै भएपनि न्याय गरेको बताएका छन् । भत्ता प्राप्त गर्नेहरूमा पालिकाको वडा नं १ मा ८ जना, वडा नं २ मा १८ जना, वडा नं ३ मा १० जना, वडा नं ४ मा १६ जना र वडा नं ५ मा १० जना रहेको पलिकाले जनाएको छ ।

Share this

प्रतिकृया

Add