दुई वर्षदेखि बन्द रहेको शल्यक्रिया सहितको प्रसूति सेवा सञ्चालन

 शनिबार, फाल्गुन ७, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । करिब दुई वर्षदेखि बन्द रहेको मन्थली अस्पतालको आकस्मिक जटिलतायुक्त प्रसुती शल्यक्रिया तथा नवशिशु स्याहार केन्द्र (ऋभ्इल्ऋ) पुनः सञ्चालनमा आएको छ । जनशक्तिको अभावमा गत दुई वर्षदेखि बन्द रहेको शल्यक्रिया सहितको प्रसुति सेवा पुनः सञ्चालनमा आएको मन्थली नगरपालिका स्वास्थ्य शाखाका संयोजक केशव फुयालले जानकारी दिए । जनशक्तिको अभावमा १९ महिनादेखि पूर्णरुपमा बन्द रहेको थियो सेवा मन्थली नगरपालिकाले स्वास्थ्य मन्त्रालयको समन्वयमा (एमडिजिपी) स्त्रीरोग विशेषज्ञको व्यवस्था गरेसँगै आकस्मिक जटिलतायुक्त प्रसुती शल्यक्रिया सेवा पुनः सञ्चालनमा आएको स्वास्थ्य संयोजक फुयालले जानकारी दिए ।
सेवा सञ्चालन भएसँगै फागुन ३ गते मन्थली नगरपालिका–५ की २२ बर्षिय मनिषा थापा कार्कीलाई शल्यक्रिया मार्फत सुत्केरी गराइएको पनि फुयालले जानकारी दिए । मन्थली अस्पतालमा डा. समिर क्षेत्रीसहितको टोलीले मन्थली नगरपालिका वडा नं ५ की मनिषा थापा कार्कीको सफल शल्यक्रिया गरिएको र अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको फुयालले बताए ।
जटिलतायुक्त प्रसूति शल्यक्रियाका लागि मन्थली अस्पतालले डा. समिर क्षेत्री, डा. पारस श्रेष्ठ, डा. नवराज श्रेष्ठ र डा. सरोज थपलियासहितको टोलीलाई यही फागुन १ गते आइतबार नियुक्त गरेको थियो । नव नियुक्त विशेषज्ञको टोलीसहित एनएसथेसिया असिष्टेण्ट विवेकानन्द र नर्स लक्ष्मी वि.क.सहितको टोलीले शल्यक्रिया मार्फत सुत्केरी गराउन सफल भएको संयोजक फुयालले बताए ।
मन्थली अस्पतालमा जटिलतायुक्त प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा आएकोमा खुसी व्यक्त गदै डा. क्षेत्रीले अब प्रसूति शल्यक्रियाका लागि राजधानी काठमाडौं जानु नपर्ने बताए । २०७३ साल बैशाख महिनाबाट रामेछाप जिल्लामै पहिलो पटक जटिलतायुक्त प्रसूति शल्यक्रिया सेवा सञ्चालन भएको थियो । त्यसपछि पटक पटक बन्द हुँदै सञ्चालन हुँदै आएको यो सेवा १९ महिनादेखि पूर्णरुपमा बन्द रहेको थियो ।

Share this

प्रतिकृया

Add