पैसासँग भोट साट्ने अभियानमा काँग्रेस सभापति कान्छाराम

 शनिबार, फाल्गुन ७, २०७८ | onlinenews
Share this

रामेछाप । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकैपटक गर्ने सरकारको घोषणासँगै नेपाली काँग्रेस रामेछाप चुनावी तयारीमा जुटेको छ । २०७९ साल वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको तयारीमा नेपाली काँग्रेस रामेछाप जुटेको हो । नेपाली काँगे्रस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) गाउँगाउँमा पुगेर स्थानीय नागरिकहरुसँग भोट माग्दै आर्थिक सहयोग प्रदान गर्न थालेसेका छन् । सोही क्रममा काँग्रेस सभापति तामाङले आफ्नो व्यक्तिगत सहयोगमा रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारस्थित लक्ष्मीबासमा रहेका दलित समुदायका केही व्यक्तिहरुलाई एक सय वटा प्लास्टिकको चियर र १५ थान इलेक्ट्रोनिक आरन मेसिन प्रदान गरिएको नेपाली काँग्रेस नगरपालिका वडा नं. ३ का सभापति मनोज खड्काले जानकारी दिए ।
सामाजिक सञ्जाल फेसबुकमार्फत वडा सभापति खड्काले काँग्रेस जिल्ला सभापति कान्छारामको ब्यक्तिगत सहयोगमा एकसय वटा प्लास्टिकको कुुर्सी र १५ थान इलेक्ट्रोनिक आरन मेसिन प्रदान गरिएको उल्लेख गरेका छन् । नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीद्वारा सो सामाग्री हस्तान्तरण गरिएको पनि वडा सभापति खड्काले बताए । सामाग्री बुझेका स्थानीय मानबहादुर विश्वकर्माले भने– काँग्रेस सभापति कान्छाराम तामाङले आफ्नो पार्टीमा प्रवेश गरी आपूmलाई भोट हालेमा आर्थिक सहयागे प्रदान गर्ने वचन दिनुभएको छ । कान्छारामले सहयोग गर्ने भनेपछि आफू र स्थानीय दिलबहादुर विक नेपाली काँग्रेसमा प्रवेश गरेको समेत उनले बताए । आफूहरु पार्टीमा प्रवेश गरेपछि कान्छारामले दुई सय वटा चियर भनेकोमा एकसय वटा चियर र १५ थान आरन मेसिन दिएको उनले बताए । यसअघि मानबहादुर र दिलबहादुर दुवै जना एमाले पार्टीका कार्यकर्ता हुन् । यसअघि आफूहरु एमालेको कार्यकर्ता भएपनि एमाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले आपूmहरुको मागको बेवास्ता गरेपछि अहिले काँग्रेसमा प्रवेश गरेको उनले बताए । यस्तै, तिलबहादुर विश्वकर्माले पनि आफूहरुलाई काँग्रेसले सामाग्री दिएको बताएका छन् ।

Share this

प्रतिकृया

Add