जिल्लाकै सर्वाधिक पुरस्कार राशीको सुनापति अध्यक्ष कप हुँदै

 शुक्रबार, फाल्गुन १३, २०७८ | onlinenews

रामेछाप । सुनापति गाउँपालिका खेलकुद विकास समितिले आगामी चैत्र ५ गतेदेखि ८ गतेसम्म तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ । तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता तथा ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष गोविन्द घिमिरेले जानकारी दिए ।
जिल्ला स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत तेश्रो सुनापति गाउँपालिका अध्यक्षक कपलाई सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता मानिएको छ । यस प्रतियोगिताको प्रथम पुरस्कार २ लाख रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाण–पत्र रहेको छ । त्यसैगरी द्धितीय पुरस्कार १ लाख रुपैयाँ नगद, ट्रफि मेडल र प्रमाण–पत्र तथा तृतीय पुरस्कार ५० हजार रुपैयाँ नगद, ट्रफि मेडल र प्रमाण–पत्र रहेको छ भने सान्त्वना पुरस्कारमा २५ हजार रुपैयाँ नगद सहित ट्रफि र प्रमाण–पत्र रहेको छ ।
त्यसैगरी सर्वोत्कृष्ट खेलाडी १० हजार रुपैयाँ नगद सहित ट्रफि र प्रमाण–पत्र, उत्कृष्ट स्पाइकर ५ हजार नगद सहित ट्रफि र प्रमाण–पत्र, उत्कृष्ट सेटर ५ हजार नगद ट्रफि र प्रमाण–पत्र, उत्कृष्ट ब्लकर ५ हजार नगद ट्रफि र प्रमाण–पत्र, उत्कृष्ट डिफेण्डर ५ हजार नगद ट्रफि र प्रमाण–पत्र, उत्कृष्ट सर्भर ५ हजार नगद ट्रफि र प्रमाण–पत्र रहेको छ भने उत्कृष्ट प्रशिक्षकलाई पनि ५ हजार नगद ट्रफि र प्रमाण–पत्र प्रदान गरिने छ ।


त्यसैगरी ब्याडमिन्टनतर्फ प्रमथ पुरस्कार १५ हजार नगद, ट्रफि मेडल र प्रमाण–पत्र, द्धितीय पुरस्कार १० हजार नगद ट्रफि, मेडल र प्रमाण–पत्र, तृतीय पुरस्कार ५ हजार नगद, ट्रफि, मेडल र प्रमाण–पत्र रहेको छ भने सान्त्वना पुरस्कारमा २ हजा ५ सय रुपैयाँ नगद सहित ट्रफि र प्रमाण–पत्र रहेको छ । त्यस्तै उत्कृष्ट खेलाडी पुरस्कार १ हजार नगद सहित ट्रफि र प्रमाण–पत्र रहेको छ । ब्याडमिन्ट खेल पुरुण तथा महिलातर्फ छुट्टाछुट्टै खेलाइने छ भने पुरस्कार पनि दुवैतर्फत प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको लागि दैनिक भक्ताको समेत ब्यवस्था गरिएको सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले जानकारी दिएका छन् । गाउँस्तरमा रहेको खेलाडीहरुको पहिचान र खेलाडीहरुको क्षमता विकासको उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष लामाले बताए । प्रतियोगिताको क्रममा खेलाडीहरु घाइते भएमा सम्पूर्ण उपचार समेत गाउँपालिकाले नै गरिदिने पनि अध्यक्ष लामाले जानकारी दिएका छन् ।

प्रतिकृया

Add

Comments are closed.

1 COMMENTS
  • Rajiv Khadka

    Good news