काँग्रेस रामेछाप जिल्ला कार्यसमितिको बैठक बहुमत सदस्यहरुद्धारा बहिस्कार

 सोमवार, फाल्गुन १६, २०७८ | onlinenews

रामेछाप । नेपाली काँग्रेस रामेछाप जिल्ला कार्यसमितिको बैठक कार्यसमितिका बहुमत सदस्यहरुले बहिस्कार गरेका छन् । सभापतिले एकलौटी गरेपछि जिल्ला कार्यसमितिका बहुमत सदस्यहरुले बैठक बहिस्कार गरेको नेपाली काँग्रेस रामेछापका सचिव दिपक खड्काले जानकारी दिए । सोमबार खाँडादेवि गाउँपालिकाको सित्खामा आयोजना गरिएको १४ औँ महाधिवेशनपछिको ७ औँ बैठकमा सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले एकलौटी गरेपछि बहुमत जिल्ला कार्यसमिति सदस्यहरुले बैठक बहिस्कार गरिएको सचिव खड्काको भनाई छ ।
बैठकमा अमर्यादित भाषा प्रयोग गर्ने, कार्यसमिति सदस्यहरुलाई विभिन्न अनावश्यक आरोप लगाउने, सचिव दिपक खड्का लगायत केही पदाधिकारीहरुलाई १४ औँ महाधिवेशन पछिको दुई वटा बैठक बाहेक कार्यसमितिको बैठकमा सहभागि नगराएको, बैठकको एजेण्डाको बारेमा आपूmहरुलाई जानकारी नै नगराई एकलौटी रुपमा निर्णय गराउने जस्ता कार्य गर्दै आएको कारण बाध्य भएर बैठक बहिस्कार गर्नु परेको सचिव खड्काको दावि छ ।

प्रतिकृया

Add