रामेछाप उद्योग वाणिज्य संघले मनायो २९ औँ स्थापना दिवस

 आइतवार, फाल्गुन २२, २०७८ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले २९ औँ स्थापना दिवस मनाएको छ । सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरी संघले आफ्नो स्थापना दिवस मनाएको हो । स्थापना दिवसका अवसरमा संघको लागि अतुलनीय योगदान पु¥याउनु हुने पदाधिकारी तथा सदस्य एवम् कर्मचारीलाई कदर–पत्रसहित सम्मान गरेको छ । संघले संघका पूर्वअध्यक्ष एवम् विशिष्ट सदस्य पशुपतिबहादुर खड्का, संघका पूर्व महासचिव जगन्नाथ दाहाल, संस्थापक अध्यक्ष प्रज्वलकुमार बज्राचार्य, सदस्यहरु लोकबहादुर श्रेष्ठ, तुलसीदास उदाश, निरज श्रेष्ठ व्याञ्जु, राजेन्द्र केसी, यमबहादुर रानामगर, रामनाराय श्रेष्ठ, चेतबहादुर खड्का, कृष्णप्रसाद ढुङ्गेल, उत्तमराज भट्टराई, नारायण प्रसाद पौडेल र दामोदर थापा लगायका व्यक्तिहरुलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतद्धारा सम्मानीत ब्यक्तिहरुलाई कदरपत्र प्रदान गरिएको थियो । यस्तै, कर्मचारीतर्पm संघको लेखा प्रशासन सहायक सङ्गिता श्रेष्ठ सम्मानित भएकी छन् । उनलाई कदर पत्र र नगदसहित सम्मान गरिएको हो । कार्यक्रम रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशव घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिकृया

Add