कुनैपनि बिनाश नगरोस् भन्दै नदी पुजा

 मङ्लबार, फाल्गुन २४, २०७८ | onlinenews

गम्भीर वि.क.


रामेछाप । अति समान्तकृत समुदायमा पर्ने माझी जातिको मुख्य पर्व लदी पुजा रामेछापका माझी समुदायले धुमधामका साथ मनाएका छन् । नदिलाई माझी भाषामा लदि भन्ने गरिन्छ । सदियौँदेखि नदि किनारमा बस्दै आएका माझी समुदायले कोशीलाई नै आफ्नो जिविकोपार्जनको माध्यम बनाउदै आएका छन् । माझी समुदायले प्रत्येक वर्ष फागुन महिनाको साइली मंगलबार (तेश्रो मंगलबार) लदी पूजा गर्छन ।


भगवान रामले माझीसँग मीत लगाएको र भगवान रामकै पालादेखि लदि अर्थात् नदि पूजा गर्दै आएको किम्बदन्ती रहेको माझी अगुवा शंकर माझीले बताए । प्राचीन सभ्यता र सँस्कृतिमा माझी समुदायको नाता कोशीसँग जोडिएको उनको भनाई छ । नदीलाई मामा र माझीलाई भाञ्जा पनि भनिन्छ । मामा भाञ्जाको नाता भएकाले नदीले माझीलाई नबगाउने कथन छ । कोशी र माझीबीच अन्योन्याश्रीत सम्बन्ध रहेको र पछिल्लो समय माझी समुदायको आफ्नो संस्कार, सँस्कृति लोप हुँदै गएकाले आफ्नो परम्परा र इतिहास जोगाउन लागिपरेको मन्थली नगरपालिका–८ गाइखुराका बालकृष्ण बाझीले बताए । आफ्नो परम्पार लोपहुन नदिन युवाहरू संसकार, र परम्परा संरक्षणमा जुटेको कलाकार एवं माझी अगुवा बाबुराम माझीले बताए । भावि पुस्ताले आफ्नो संस्कार, संस्कृति र इतिहास नभुलुन भनेर माझी समुदाय एक भएर नदि (लदि) पुजा गर्ने गरेको उनको भनाई छ ।
माझी समुदायक कोशी किनारामा बस्ने र कोसी वारपार गरिरहने भएकाले देवी, देवता नाग नागिनिले पनि केही नगरोस् भनेर नदिलाई खुसी राख्न लदि पुजा गरिने पुजारी किर्ते माझीले बताए । किम्वदन्ती अनुसार सुनकोसी नदी दिदी र तामाकोसी नदी बहिनी भएको बालकृष्ण माझीले बताए । सुनकोसी नदीले बंगुर र तामाकोसी नदीले पाठीको भोग खाने प्रचलन अनुसार सुनकोसी नदी किनारका माझी समुदायले बंगुर र तामाकोसी नदी किनारका माझी समुदायले पाठीको भोग दिएर नदी पूजा गर्दछन् ।

प्रतिकृया

Add