मोटरहेडको सोरुमद्धारा मन्थलीमा सर्भिस क्याम्प सञ्चालन

 मङ्लबार, फाल्गुन २४, २०७८ | onlinenews

रामेछाप । सदरमुकाम मन्थलीमा रहेको मोटरहेड मोटरसाइकको सोरुम नु.बि. ट्रेडर्सले दुई दिने सर्भिस क्याम्प सञ्चालन गरेको छ । आफ्ना ग्राहकहरुलाई सुविधा र सहुलियतको लागि विभिन्न अफर सहित मंगरबार र बुधबारको लागि सर्भिस क्याम्प सञ्चालन गरेको हो । सर्भिस क्याम्प अन्तर्गत मोटरहेड मोटरसाइकलको सम्पूर्ण पार्टहरुमा १५ प्रतिशत छुट, सर्भिस चार्जमा ५० प्रतिशत छुट, मोविलमा समेत ५ प्रतिशत छुटको ब्यवस्था रहेको मोटरहेड मन्थली सोरुम नु.बि. ट्रेडर्सका सञ्चालक बिबेक केसीले जानकारी दिए । क्याम्पको लागि मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारीक वितरक कम्पनी एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि. काठमाडौंबाट समेत टेक्निसियनहरु झिकाइएको छ । मन्थलीको बिक्री केन्द्रबाट वितरण भई चलिरहेका मोटरसाइकलको पार्टसहरुमा समस्या आए नभएको समेत जाँच गरिने भएकाले मोटरहेड मोटरसाइकलका ग्राहकहरुलाई क्याम्पमा सहभागि भइदिन समेत सोरुम सञ्चालक केसीले अनुरोध गरेका छन् ।

प्रतिकृया

Add