समानताको व्यवहारिक कार्यान्वयन गर्न निरन्तर संघर्ष आवश्यक

११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस रामेछापमा पनि मनाइयो

 मङ्लबार, फाल्गुन २४, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा
रामेछाप । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस रामेछापमा पनि मनाइएको छ । रामेछापको मन्थली नगरपालिकाको आयोजनामा जिल्ला अन्तर्गत रहेका विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सुरक्षाकर्मी, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, महिला सञ्जाल, नागरिक समाज र पत्रकारसहितको सहिभागितामा नारी दिवस मनाइएको हो ।
प्रभातफेरी समयको प्रहरसँगै सदरमुकाम मन्थलीस्थित विपीचोकबाट सुरु भएको र्याली मन्थली बजार परिक्रमा गरि देवकोटाचोकमा आएर कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागीहरुले “सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चिता” भने नारासहितको व्यानर र प्लेकार्ड बोकेका थिए । सहभागीहरुले बोेकेका प्लेकार्डमा नारी पुरुष सरावरी, सधैँभरी बराबरी, म नारी हुँ मेरो गर्जन सुन, घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ, समान कामको समान पारिश्रमिक सुनिश्चित गर, महिलालाई सबै प्रकारका हिंसाबाट जोगाउने जिम्मेवारी सरकारको हो, महिलालाई आसन, शासन र भाषणमा सुनिश्चि गर भन्ने नारा लेखिएका थिए ।


कार्यक्रममा सरोकारवालाहरुले प्राप्त अधिकार र समानताको व्यवहारिक कार्यान्वयनका लागि निरन्तर संघर्ष जारी राख्नुपर्ने बताएका छन् । महिलाहरुले निरन्तर रुपमा गरेका लामो संघर्षपछि प्राप्त अधिकार र उपलब्धीहरुको व्यवहारिक कार्यान्वय अझैँ हुन नसकेको बताउँदै उनीहरुले त्यसको व्यवहारिक कार्यान्वयनका लागि आफ्नो संघर्षलाई अझैँ जारी राख्नुपर्ने बताएका हुन् ।

प्राप्त अधिकारको कार्यान्वयन र थप अधिकार प्राप्तिका लागि सघर्ष आवश्यक : अधिकरी

महिला सञ्जाल रामेछापकी अध्यक्ष गंगा अधिकारीले लैङ्कि समानता र दिगो विकासको नाराभित्र रहेर प्राप्त अधिकारको कार्यान्वयन र थप अधिकार प्राप्तिका लागि संघर्षलाई निरन्तरता दिनुपर्ने बताइन । राणाकालीन शासन व्यवस्थाको समयमा प्रचलित सतीप्रथा विरुद्धमा चन्द्र शमशेरको श्रीमती बालकुमारीले आवाज उठाएको स्मरण गर्दै त्यसपछि श्रीमानको मृत्युपश्चात श्रीमानसँगै चितामाथि जलेर प्राण त्याग्नुपर्ने अवस्थाको अन्त्य भएको बताइन । यस्तै, बाल विधवा युगदेवी न्यौपाने (कोराइला)ले सामाजिक रुपान्तरणको लागि आवाज उठाउँदा सामाजले बहिष्कार गरेपछि महिला अधिकार प्राप्तिको लागि गृह त्याग गर्नु परेको उनले सुनाइन । यस्ता प्रथा उन्मूलन गर्दै समानता, लैङ्गिक विभेद गर्नु हुँदैन भन्ने ठाउँसम्म आइपुग्न सफल भएको अधिकारीको भनाई छ । आफ्नो हक, अधिकार प्राप्ति र कार्यान्वयनका लागि निरन्तर लडिरेहे एकदिन अवश्य सफलता हात पार्न सकिने अध्यक्ष अधिकारीले भनाई छ । अझै धेरै अधिकार लिन बाँकी रहेकाले आर्थिक, सामाजिक, राजनीतिक रुपान्तरण र समानतासहितको सामाजिक न्याय स्थापित गर्न निरन्तर लड्नुपर्ने उनको कथन थियो ।

अधिकार सुनिश्चितताको लागि सबै एकजुट हुनुपर्छः उपप्रमुख कार्की

मन्थली नगरपालिका उपप्रमुख मायाकुमारी कार्कीले ¥याली गर्दैमा सबै अधिकार पूरा नहुने बताइन । प्राप्त हक अधिकार सुनिश्चितताको लागि सबै एकजुट हुनुपर्ने बताइन । नारीको हक अधिकार प्राप्तिका लागि भएका विगतका आन्दोलनमा महिला दीदी बहिनीहरुले अग्रणी भूमिका खेलेको बताउँदै प्राप्त अधिकारको सुनिश्चिता र थप अधिकार प्राप्तिका लागि काम गर्नुपर्ने उपप्रमुख कार्कीले बताइन । उपप्रमुख कार्कीले आफूहरुले महिलाहरुको आर्थिक, सामाजिक, राजनीतिक र सामाजिक न्याय सुनिश्चि गर्नका लागि काम गरिरहेको समेत बताइन ।

विभेद अन्त्यका लागि सामाजिक र मानसिक चेतना परिवर्तन आवश्यक : प्रजिअ पहाडी

रामेछापका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले सामाजिक विभेद अन्त्यका लागि सामाजिक र मानसिक चेतनाको स्तर परिवर्त हुन आवश्यक रहेको बताए । समाजमा नारीमाथि हुने विभेद मात्र नभई विभिन्न बाहनामा गरिने विभेद, कुप्रथा रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी पहाडीले त्यसको अन्त्यका लागि सामाजिक र मानसिक रुपमा परिवर्तन हुन आवश्यक रहेको बताए ।
संविधानमा भएको व्यवस्थाले मात्रै यस्ता विभेद अन्त्य गर्न नसक्ने प्रजिअ पहाडीको भनाई थियो । राज्यले लिएको समावेशिताको नीति समानतासहितको समतामूलक समाजमा पग्ने मार्ग भएको प्रजिअ पहाडीले बताए । शोषण, दमन, अन्याय र अत्याचारबाट प्रताडित व्यक्ति तथा समुदायलाई समानताको पहुँचमा पु¥याउने उद्देश्यका साथ राज्यले समावेशिताको सिद्धान्त संविधानमै व्यवस्था गरेको उनले बताए । यो दिवसले सचेतना जगाउने र साझा अभियानमा सबैलाई गोलबद्ध गराउन सहयोग पुग्ने पनि बताए ।
त्यसैगरी सुनापती गाउँपालिका पनि नारी दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । महिला सञ्जाल सुनापतीकी अध्यक्ष गोमादेवी ढुंगानाको अध्यक्षतामा नारी दिवस मनाइएको हो ।

Share this

प्रतिकृया

Add