१२ वर्षिय बालिकालाई २१ घण्टासम्म बाँधेर यातना

 मङ्लबार, चैत्र १, २०७८ | onlinenews
Share this

रामेछाप । मन्थली नगरपालिका–६ भलुवाजोरमा १२ वर्षिय बालिकालाई २१ घण्टासम्म घरको थाममा नाम्लोले बाँधेर यातना दिइएको छ । दलित बालिका घरभित्र प्रवेश गरेको भनि २१ घण्टासम्म नाम्लोले बाँधेर याताना दिएको हो । स्थानीय शेरबहादुर श्रेष्ठले आफ्नो घरमा दलित प्रवेश गरेको भनि छिमेकी १२ वर्षिय बालिकालाई यातना दिएका हुन् ।
सोमबार अपरान्ह ४ बजेदेखि मगलबार मध्यान्न १२ बजेसम्म श्रेष्ठले अवोध बालिकालाई बाँधेर याताना दिएका थिए । स्थानीय जनप्रतिनिधिले बालिकालाई छोडिदिन अनुरोध गर्दा समेत दलित घरभित्र पसेर अछुतो बनाइदिएकाले घर चोख्याउने खर्च नदिएसम्म नछोड्ने भन्दै बाँधेर राखेका थिए । नेपाली थरकी दलित बालिकाले घरभित्र पसेर दही चोरेकोले बाँधर राखिएको श्रेष्ठको भनाई थियो । आपूmले बालिकालाई छोडिदिन अनुरोध गर्दा घर अछुतो भएकाले घरको जिम्मा दिनुपर्ने, रुद्रिपूजा लगाइदिनुपर्ने भन्दै छोड्न नमानेको मन्थली नगरपालिका वडा न.. ६ की सदस्य भक्तमाया श्रेष्ठले बताइन । बालिकालाई बाँधेर राखेको सूचनाको आधारमा घटनास्थल पुगेका प्रहरीले बालिकालाई बाँधेको नाम्लो खुस्काउन लगाएका थिए । प्रहरीले खुस्काउन भनेपछिमात्र बालिकालाई बाँधेको नाम्लो घरधनी बालकुमारी श्रेष्ठले फुकाइदिएकी थिइन ।
बालिकालाई बाँधेर राखेको खबर पाएपछि हेर्न जाँदा हात, कम्मर र खुट्टामा बाधेर बस्न समेत अफ्टेरो हुनेगरी राखिएको अवस्थामा देखेको पीडित बालिकाका ठूलोबुबा सार्के नेपालीले बताए । उनले छोड्न अनुरोध गर्दा घर चोख्यान, रुद्रिपूजाको गर्न लाग्ने खर्च नदिएसम्म नछोड्ने भनेपछि गाउँलेलाई घटनाको बारेमा जानकारी गराइएको नेपालीले बताए । घरको थाममा बाँधेर सिस्नु लगाउँदै, लौरोले कुटपिट गरेको पीडित बालिकाले गुनासो गरिन । बाँधेर राखिएकाले राति शौचालय जानसमेत अप्ठ्यारो भएको उनले बताइन । पीडित बालिकाको अनुसार शौचालय जाँदा समेत घर धनीले बाँधेर नै लगेका थिए । दुई दिन पहिलेमात्र रजस्वला भएकी बालिकालाई २१ घण्टासम्म घर बाहिर बाँधेर राख्दा उनको शरीरमा भिंmगा भन्किरहेको थियो ।
बालिका कक्षा ४ मा अध्ययनरत रहेको र विद्यालयको इमान्दार छात्रा भएको शिक्षक प्रलाद सुवेदीले बताए । जातीय छुवाछुतलाई नेपालको संविधानले समाजिक अपराधको रुपमा किटान गरेको छ । जातीय छुवाछुत साथै नाबालिकलाई यातना दिने पीडक शेरबहादुर श्रेष्ठलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । श्रेष्ठमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

Share this

प्रतिकृया

Add

Comments are closed.

1 COMMENTS
  • राम बहादुर तामाङ

    यो घटनाले सबै धार्मिक पुरातन वादीलाई झस्काइएको छ, विशेष गरि कट्टरपन्थी हिन्दुवादिलाई, सेर बहादुर श्रेष्ठ एउटा उदाहरण नमुना पात्त्र मात्र हुन भन्दा फरक नपर्ला किनकि यो बिषयको वकालत गर्ने कतिपय वकिल साहेव र पत्रकार मित्रहरुको घर समुदायमा पनि यो संस्कारबाट ग्रसित त छैन