सुनापति गाउँपालिका अध्यक्ष कपः भलिबलतर्फ लिखु तामाकोसी र गोकुलगंगा फाइनलमा

 सोमवार, चैत्र ७, २०७८ | onlinenews

रामेछाप । सुनापति गाउँपालिका अध्यक्ष पक अन्तर्गत तेश्रो दिन दुई खेल भएका छन् । तेश्रो दिनको खेलमा भलिबल लिखु तामाकोसी गाउँपालिका र गोकुलगंगा गाउँपालिका फाइनलमा प्रवेश गरेका छन् । भलिबलतर्फ खेलको तेस्रो दिन भएको सेमिफाइनल चरणको खेलमा ‘पोल ए’ बाट खाँडादेवी गाउँपालिका र गोकुलगंगा गाउँपालिकाबीच भएको प्रतिस्पर्धामा बेस्ट उफ फाइब अन्तर्गत गोकुलगंगा गाउँपालिकाले तीन सेट जित्दै फाइनलमा प्रवेश गरेको छ ।
‘पोल बि’ तर्फबाट लिखु तामाकोसी गाउँपालिका र रामेछाप नगरपालिकाबीच भएको सेमिफाइनल चरणको खेलमा रामेछाप नगरपालिकाले १ सेट जितेको थियो भने लिखु तामाकोशी गाउपालिकाले तीन सेट जितेर फाइनल चरणमा प्रवेश गरेको हो । पुरुष ब्याटमिन्टन तर्फको सेमिफाइनल चरणबाट रामेछाप नगरपालिका र खाँडादेवी गाउँपालिकाले दोरम्बा गाउँपालिका र मन्थली नगरपालिकालाई हराउँदै फाइनल चरणमा प्रवेश गरेको छन । महिलातर्फको ब्याटमिन्टन खेलमा भने दोरम्बा गाउँपालिका र मन्थली नगरपालिकाले सुनापती गाउँपालिकाको दुई टिमलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनल चरणमा प्रवेश गरेको छ ।
पुरुष भलिबलतर्फ फाइनल चरणमा लिखु तामाकोशी गाउँपालिका र गोकुलगंगा गाउँपालिका भिड्ने छन् । महिला ब्याटमिन्टनतर्फको फाइनल चरणमा दोरम्बा गाउँपालिका र मन्थली नगरपालिकाबीच प्रतिस्पर्धा हुने छ भने पुरुषतर्फको फाइनल खेल रामेछाप नगरपालिका र खाँडादेवी गाउपालिकाबीच हुने छ । फाइनल खेल चैत्र ८ गते हुने छन् ।
सुनापती गाउपालिका अन्तर्गतको सुनापती खेलकुद विकास समितिद्वारा आयोजित जिल्लास्तरीय अन्तरपालिका तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप–२०७८ पुरुष भलिबल र महिला पुरुष डबल ब्याटमिन्टनतर्फको खेलमा रामेछाप जिल्लाको ६ गाउँपालिका र २ नगरपालिकाको सहभागि भएका छन् ।

प्रतिकृया

Add