लिखु तामाकोशीले उचाल्यो सुनापति गाउँपालिका अध्यक्ष कपको उपाधि

 बुधबार, चैत्र ९, २०७८ | onlinenews

रामेछाप । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको रामेछापको ‘सुनापति गाउँपालिका अध्यक्ष कप’ अन्तर्गत भलिबलतर्फको उपाधि लिखु तामाकोसी गाउँपालिकाले जितेको छ । गोकुलगंगा गाउँपालिकालाई २८–२६, २५–२२ र २५–१३ को स्कोरले पराजीत गर्दै लिखु तामाकोसी गाउँपालिकाले सुनापति गाउँपालिका अध्यक्ष कपको उपाधि उचालेको हो । गोकुलगंगा गाउँपालिका उपविजेट बन्न सफल भएको छ । सुनापति गाउँपालिकाको खेल मैदान हिलेदेविमा भएको खेलमा रामेछाप नगरपालिकाले तृतीय स्थान हासिल गरेको छ भने खाँडादेवि गाउँपालिका सान्तोना भएको छ ।
सुनापति गाउँपालिका खेलकुद विकास समितिद्धारा आयोजीत प्रतियोगिताको विजेता टिमले २ लाख रुपैयाँ नगर सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । उपविजेता टिमले १ लाख रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ भने तृतीय हुने टिमले ५० हजार रुपैयाँ नगद सहित शिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । सात्वना हुने खाँडादेवी गाउँपालिकाले २५ हजार नगद साथै मेडल र प्रमाणपत्र प्राप्त गरेका छ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्पाइकरण, उत्कृष्ट प्रशिक्षक लगायतलाई पनि नगद तथा मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ ।
त्यस्तै ब्याडमिन्टनमा महिलातर्फ दोरम्बा शैलुङ्ग गाउँपालिका प्रथम, मन्थली नगरपालिका द्धितीय र सुनापति गाउँपालिका तृतीय भएको छ । पुरुषतर्फ खाँडादेवि गाउँपालिका प्रथम, रामेछाप नगरपालिका द्धितीय र सुनापति गाउँपालिकाले तृतीय स्थान हासिल गरेको छ ।
ब्याडमिन्टन पुरुषतर्फ खाँडादेवी गाउँपालिकाका तेजबहादुर खत्री र अनिल तामाङ तथा महिला तर्फ दोरम्बा शैलुङ्ग गाउँपालिकाको संगीता तामाङ र शोमा गुरुङले उपाधी हात पारेका छन् ।
ब्याडमिन्टन प्रतियोगिताका विजेताले नगद १५÷१५ हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । महिला तर्फ मन्थली नगरपालिकाका युना श्रेष्ठ र बबिता बिक तथा पुरुषतर्फ रामेछाप नगरपालिकाका बलराम लामा र सुदिप श्रेष्ठ द्वितीय भएका छन् । द्वितीय हुनेले १०÷१० हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । तृतीय हुने महिलातर्फ सुनापती गाउँपालिकाका उर्मिला दाहाल र लक्ष्मी थापामगर तथा पुरुषतर्फ सुनापती गाउँपालिकाका विशाल लामा र बिरेन्द्र ग्यापकले ५ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै महिलातर्फ दोरम्बा शैलुङ्ग गाउँपालिकाका सितामाया मोक्तान र रन्जिता मोक्तान र पुरुषतर्फ दोरम्बा शैलुङ्ग गाउँपालिकाका दिपक लामा र श्याम तामाङले सान्त्वना पुरस्कर पाएका छन् । पुरुष भलिबलतर्फ लिखु तामाकोसी गाउँपालिकाका अलविन थापामगर सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै ब्याडमिन्टनतर्फ पुरुषमा तेजबहादुर खत्री र महिलामा दोरम्बा शैलुङ्ग गाउँपालिकाकी संगिता तामाङ सर्बोत्कृष्ट खेलाडी घोषित भए ।

प्रतिकृया

Add