गाउँदेखि सिंहदरबारसम्म भ्रष्टाचार संस्थागत भएको छः थापा (भिडियो सहित)

 सोमवार, चैत्र २१, २०७८ | onlinenews

रामेछाप । राप्रपा नेपालको अध्यक्ष कमल थापाले ठूला पार्टीका, नेता, मन्त्री, सांसद र केही कर्मचारीहरुको सम्लग्नता र संरक्षणमा गाउँदेखि सिंहदरबारसम्म भ्रष्टाचारको संस्थागत भएको बताए । थापाले अब राजसंस्थाको पुनस्थापना असम्भव भइसकेको पनि बताएका छन् । राप्रपा नेपाल रामेछापको अगुवा कार्यकर्ता भेलालाई संवोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । अध्यक्ष थापाले रामेछापको जिल्ला पार्टी कार्यालय समेत उद्घाटन गरेका छन् । राजतन्त्र नागरिकबाट बहिस्कृत भैसकेकाले राप्रपा नेपालले पनि राजसंस्था पुनस्थापनाको एजेण्डा छोडेको बताए । पार्टीको दस्तावेजबाट राजसंस्था हटाइएपछि राजा पृथ्वीनारायण शाहदेखि विरेन्द्रसम्मले गरेका राम्रा कामहरुप्रति सम्मान रहेको उनले बताए । लोकतन्त्र, राष्ट्रियता र हिन्दुराष्ट्रको मान्यतामा आधारित सम्वद्र्धनवादको वैचारिक धरातलमा उभिएर, सुशासनको माध्यमबाट आर्थिक विकास र समृद्धि राप्रपा नेपालको राजनीतिक कार्यदिशा भएको थापाले बताए ।
ठूला दलहरुले देशमा भ्रष्टाचारलाई संस्थागत गरेको समेत थापाले आरोप लगाए । गणतन्त्र स्थापना भएपछि गाउँदेखि सिंहदरबारसम्म भ्रष्टाचार माै्लाएको उनको भनाई छ । अध्यक्ष थापाले एमसीसी पास भएको विषयलाई लक्षित गर्दै वैदेशिक अनुदानको नाममा ठूला दलहरुले नेपाललाई बिदेशीको रणनीतिक स्थल बनाएको बताए । धर्म निरपेक्षताको नाममा कसैको धर्ममाथि राजनीति गरेको भन्दै थापाले राप्रपा नेपालले हिन्दु राज्यको अभियान जारी राख्ने बताए ।
अहिलेको निर्वाचनमा राप्रपा नेपालले त्यति ठूलो अपेक्षा नगरेको बताउँदै, गामी १० वर्षमा राप्रपा नेपाल देशकै बलियो शक्तिको बन्ने समेत दावि गरे । आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनको लागि नेकपा एमालेसँग छलफल भइरहेको पनि थापाले जानकारी दिए ।
२०६३ सालपछि बाटो विराउँदा २०७४ सालखको निर्वाचनमा निराशाजन परिणाम ब्यहोर्नु परेको भन्दै आगामी दिन गल्ती नहोराउने प्रतिवद्धतासहित कार्यकर्ता र जनतासँग माफी मागेर राप्रपा नेपाल अघि बढ्ने थापाले बताए । राप्रपा पार्टी कुनै पार्टीबाट फुटेर चोइटिएर बनेको पार्टी नभई राप्रपा नेपाललाई पुनर्जागरण गर्दै नयाँ पार्टी बनाइएको बताए ।

प्रतिकृया

Add