आयोजनाको नाममा नागरिकलाई बिचल्ली बनाउन पाइदैनः थापा

 मङ्लबार, चैत्र २२, २०७८ | onlinenews

रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सुनकोशी मरिन डाइभर्सन परियोजना डुवान क्षेत्रका नागरिकमाथि अन्याय नगर्न सरकारसँग आग्रह गरेका छन् । डुवान क्षेत्रमा परेका जग्गाको मुआब्जामा नागरिकलाई राज्यले ठग्न खोजेको आपूmले थाहा पाएको भन्दै नागरिकलाई घरबारबिहीन र बिचल्ली बनाएर आयोजना सफल र सार्थन हुन नसक्ने बताए । डुवान क्षेत्रमा परेको नागरिकको जग्गाको उचित मुआब्जा दिएर मात्र परियोजना सञ्चालन गर्न पनि अध्यक्ष थापाले सरकारलाई आग्रह गरे ।
राप्रपा नेपालका अध्यक्ष थापाले भने–मन्थली नगरपालिकामा एक परोनीको ७ लाख रुपैयाँ मुआब्जा निर्धारण गरिएको भन्ने मैले थापा आएको छु, रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा पर्ने जग्गाको मूल्य यति थोरै दिनु भनेको जनतालाई लुट्नु हो । परियोजनाको नाममा राज्यबाट जनता लुटिनु हुदैन । चलनचल्तीको मूल्य अनुसार मुआब्जा दिएरमात्र आयोजना अघि बढाउन पनि अध्यक्ष थापाले सरकारलाई आग्रह गरे ।

प्रतिकृया

Add