उम्मेदवार छान्न कांग्रेसको दुई बुँदे मापदण्ड, वैशाख ७ भित्र उम्मेदवार छानिसक्ने

 बुधबार, चैत्र १६, २०७३ | onlinenews

चैत्र १६, काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तहको उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ । साथै वैशाख ७ भित्र उम्मेदवार छनोट गरिसक्ने निर्णय लिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकले उम्मेदवार छनोटको दुईबुँदे मापदण्ड तय गरेको हो । साथै नयाँ संरचना अनुसार नै गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका समन्वय समिति गठन गरेको छ ।
कांग्रेसले निर्वाचन क्षेत्रका आधारमा उम्मेदवार सिफारिसको मापदण्ड बनाएको छ । एउटा निर्वाचन क्षेत्र अन्तरगतका गाउँपालिका र नगरपालिकामा प्रमुखर उपप्रमुख, बडाध्यक्ष र सदस्यको उम्मेदवार छनोट क्षेत्रीय कार्यसमितिले गर्नेछ ।
उम्मेदवारको नाम सम्वन्धित गाउँ, नगर, महानगर वडा, उपमहानगर वडा समन्वय समितिले सिफारिस गर्नेछ र, सम्वन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद, प्रत्यक्ष उम्मेदवार र क्षेत्रीय सभापतिका निकटमत प्रतिद्वन्द्वी समेतको उपस्थितिमा क्षेत्रीय कार्यसमितिबाट सर्बसम्मत निर्णय गर्नु पर्नेछ ।
सर्वसम्मत निर्णय हुन नसके आजसम्म कायम क्षेत्रीय पदाधिकारी, सम्वन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद, प्रत्यक्ष उम्मेदवार र क्षेत्रीय सभापतिका निकटमत प्रतिद्वन्द्वी समेतको सहमतिमा उम्मेदवार छनौट गर्नु पर्नेछ ।
दुई वा दुई भन्दा बढी निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिका र नगरपालिकामा प्रमुख र उपप्रमुख, बडाध्यक्ष र सदस्यको उम्मेदवार छनौट जिल्ला कार्यसमितिले गर्नेछ ।

प्रतिकृया

Add