दोरम्बा शैलुङ्ग गाउँपालिका अध्यक्षको लागि माओवादी केन्द्रबाट १५ जनाको दावि

 आइतवार, चैत्र २७, २०७८ | onlinenews

रामेछाप । नेकपा माओवादी केन्द्र दोरम्बा शैलुङ्ग गाउँपालिकाको शनिबार बसेको बैठकमा आसन्न स्थानीय तह निर्वाचको उम्मेदवार छनौटको विषयमा छलफल भएको छ । बैठकमा गाउँपालिका अध्यक्ष पदको लागि १५ जनाले दावि प्रस्तुत गरेका छन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारको विषयमा भएको छलफलमा सुनिता गौतम (सिर्जना), नेकपा माओवादी केन्द्र रामेछापका अध्यक्ष समेत रहेका मैनकुमार मोक्तान, हाल गाउँपालिका अध्यक्ष रहेको कमान सिं मोक्तान, यसु चौलागाई, वडा नं. ४ का अध्यक्ष चन्द्रबहादुर मगर (टलक) जिल्ला नेता नेत्र मोक्तान (सचेत) अम्विकाप्रसाद गजुरेल (अनुप) धनदेवि श्रेष्ठ (सपना) हाल गाउँपालिका उपाध्यक्ष कृशला घिसिङ, हाल वडा नं. ७ का अध्यक्ष रेमबहादुर थापामगर त्यसैगरी चितलाल श्रेष्ठ, फिरोजकुमार श्रेष्ठ, कर्मासिं योञ्जन, तिलक मगर र हिराबहादुर श्रेष्ठले पालिका अध्यक्षको लागि दावि प्रस्तुत गरेका छन् । अध्यक्ष पदका लागि १५ जनाले दावि प्रस्तुत गरेको नेकपा माओवादी केन्द्रका एक नेताले बताए । त्यसैगरी उपाध्यक्ष पदको लागि भिम थापामगर, उदय रजान मगर र रिता महतेले दावि प्रस्तुत गरेकी छन् ।

प्रतिकृया

Add