मन्थलीमा दुईदिने होटल ब्यवस्थापन तालिम

 सोमवार, चैत्र २८, २०७८ | onlinenews

रामेछाप । सदरमुकाम मन्थलीमा होटल ब्यवसायिलाई होटल ब्यवस्थापन तालिम दिइएको छ । होटल ब्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले होटल तथा नेपाल पर्यटन वोर्ड र होटल तथा पर्यटन व्यवसायी महासंघ नेपालको संयुक्त आयोजनामा साना होटल तथा लज व्यवस्थापन तालिम दिइएको हो । रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको सहकार्यमा होटल तथा पर्यटन ब्यवसायि संघ बागमती प्रेदशको संयोजनमा सञ्चालन गरिएको दुईदिने तालिममा रामेछाप, सिन्धुली, दोलखा र सिन्धुपाल्चोक गरी ४ जिल्लाका साना होटल व्यवसायीहरु सहभागी भएका थिए ।
चैत्र २५ र २६ गते सञ्चालन गरिएको तालिमको हजिकरण सुमन श्रेष्ठ, सुर्य किरण श्रेष्ठ र जित श्रेष्ठले गरेका थिए । विश्वभर फैलिएको कोभिड १९ को प्रत्यक्ष प्रभावबाट पुर्वअवस्थामा फर्काउन होटल व्यवसायीलाई समय सापेक्ष ज्ञान र सीप प्रदान गर्नु तालिमको मुख्य उद्देश्य रहेको महासंघका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठले जानकारी दिए । तालिम उद्घाटन सत्रको प्रमुख अतिथि समेत रहेका रामेछाप निर्वाचन क्षेत्र नं. १ का सांसद तथा बागमती प्रदेशका निवर्तमान मन्त्री शान्तिप्रसाद पौडेलले आर्थिक गतिविधिहरु चलायमान बनाउन होटल व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताए ।


तालिमको उद्घाटन सत्रमा मन्थली नगरप्रमुख रमेशकुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडी, करदाता सेवा कार्यालय रामेछापका प्रमुख कृष्णप्रसाद न्यौपाने, घरेलु तथा साना उद्योग कार्यालय रामेछापका प्रतिनिधि लक्ष्मीप्रसाद कासुला, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव घिमिरे, पत्रकारहरु, होटल यवसायी महासंघका केन्द्रीय उपमहासचिव शेरबहादुर थापा, प्रदेश संघका अध्यक्ष सन्तोष उप्रेती, वरिष्ठ उपाध्यक्ष दिपेन सुवेदी, कोषाध्यष रमेश बराल, सदस्य सचिव सिद्ध शाही, जिल्ला संघ रामेछापका अध्यक्ष शेखरमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया

Add