नेविसंघ विवाद: बिहान कार्यबाहक बेलुका खारेजी

 सोमवार, बैशाख ५, २०७९ | onlinenews

रामेछाप । झुठको खेती गर्नु नै राजनीति जस्तो हुन थालेको छ, आजभोली । राजनीतिमा जसले जे बोले पनि भएको छ । जसले धेरै झुठको खेती गर्नसक्छ त्यसैलाई सफल राजनीतिक कार्यकर्ता मानिन थालेको छ । त्यसको पछिल्लो उदाहरण हो, नेपाल विद्यार्थी संघ रामेछापको कार्यबाहक अध्यक्ष नियुक्त र खारेजी प्रकरण ।
नेपाल विद्यार्थी संघ रामेछापका अध्यक्ष शुशिल अधिकारीले २०७९ साल वैशाख ४ गते उपाध्यक्ष प्रभाकर ढुङ्गेललाई कार्यबाहक अध्यक्षको पत्र दिए । कार्यबाहकको पत्र दिएकै दिन अध्यक्ष अधिकारीले आफैले हस्ताक्षर गरेको पत्रको खण्डन गर्दै उपाध्यक्ष प्रभाकर ढुङ्गेललाई कार्यबाहक नदिएको विज्ञप्ति प्रकाशित गरे । जिम्मेवारी प्रदान गरिएको बारे लेखिएको पत्रमा आपूm केही समय जिल्ला बाहिर जानुपर्ने भएकाले संघको गतिविधि सञ्चालनको लागि ढुङ्गेललाई कार्यबाहकको जिम्मेदवारी प्रदान गरिएको उल्लेख छ । पुनः सोही दिन शुशिल अधिकारीद्धारा जारी विज्ञप्तिमा अन्य प्रयोजनको लागि दिइएको लेटरप्याड र छापको दुरुपयोग गरि उपाध्यक्ष आपैmले आपूmलाई कार्यबाहक घोषणा गरेको उल्लेख छ । विज्ञप्तिमा आपूmले कार्यबाहक कसैलाई पनि नदिएको समेत उल्लेख छ । अध्यक्ष अधिकरीले आफैले हस्तार गरेर उपाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी प्रदान गरिएको पत्रको खिल्ली उडाउँदै विज्ञप्ति प्रकाशित गरि आफ्नै पत्रको खण्डन गर्नुले राजनीतिक नैतिकतामाथि यक्ष प्रश्न खडा गरेको छ ।
उता उपाध्यक्ष प्रभाकर ढुङ्गेलले पनि विज्ञप्ति प्रकाशित गरि अध्यक्ष अधिकारीले आफ्नो चरित्र हत्या गरेको आरोप लगाएका छन् । अध्यक्ष अधिकारीले आपूmलाई कार्यबाहकको जिम्मेवारी दिएको तर विभिन्न ब्यक्तिहरुको दवावमा परेर कार्यबाहक नदिएको भनि गैरजिम्मेवार अभिब्यक्ति दिएको उपाध्यक्ष ढुङ्गेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । आफूले कार्यबाहक नमागेको तर अध्यक्ष आफैले कार्यबाहक दिएको ढुङ्गेलले बताए ।
अध्यक्ष अधिकारी गैरजिम्मेवार ढंगले प्रस्तुत भएको र जिम्मेवार व्यक्तिबाट गैरजिम्मेवार कार्य नगर्न समेत ढुङ्गेलले चेतावनी दिएका छन् । सभापति अधिकारीलाई अनुशासनको कारबाही गर्न समेत ढुङ्गेलले पार्टी जिल्ला सभापतिसँग माग गरेका छन् ।
नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ रामेछापको लामो समयदेखि अधिवेशन हुन सकेको छैन भने नेविसंघको जिम्मेवारी लिन ३२ वर्षे उमेरहद तोकिएको छ ।

प्रतिकृया

Add