एमाले रामेछापले दुई पालिका र २९ वडाको उम्मेदवार टुङ्ग्यायो

 सोमवार, बैशाख ५, २०७९ | onlinenews

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमाले रामेछापले आसन्न स्थानीय तह निर्वाचनको लागि दुई पालिका २९ वडामा सर्वसम्मत रुपमा उम्मेदवारको नाम टुंगो लगाएको छ । जिल्लामा रहेको ८ पालिका र ६४ मध्य २९ वडा र २ पालिकाको उम्मेदवार टुङ्गो लगाएको हो ।
रामेछाप नगरपालिका र सुनापति गाउँपालिकामा उम्मेदवारको टुंगो लगाइएको नेकपा एमाले रामेछापले जनाएको छ । रामेछाप नगरपालिको प्रमुखमा रोशन पाख्रिन र उप–प्रमुखमा सिता खत्रीलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा एमाले रामेछापका उपसचिव प्रकाशकुमार कार्कीले जानकारी दिए । अन्य पालिका र वडाहरुका उम्मेदवारको विषयमा छलफल भइरहेको कार्कीले बताए ।

प्रतिकृया

Add