माओवादी केन्द्रको दोरम्बा शैलुङ्ग गाउँपालिकाका उम्मेदवार छान्न प्रदेशलाई जिम्मा

 शनिबार, बैशाख १०, २०७९ | onlinenews
Share this

रामेछाप । आसन्न निर्वाचनको लागि नेकपा माओवादी केन्द्र दोरम्बा शैलुङ्ग गाउँपालिका अध्यक्षको उम्मेदवार जिल्लमा सर्वसम्मत हुन नसकेपछि अन्तिम निर्णयको लागि प्रदेशमा पठाएको एक नेताले जानकारी दिए । उम्मेदवार छनौटको लागि गाउँपालिकामा आयोजना गरिएको छलफलमा १५ जनाले गाउँपालिका अध्यक्ष पदको लागि दावि प्रस्तुत गरेका थिए । गाउँपालिकाबाट उम्मेदवारी टुङ्याउन नसकेपछि जिल्लामा पठाएमा जिल्लाले पनि सर्वसम्मतबाट उम्मेदवार छान्न नसकेपछि पार्टीको प्रदेश समितिमा पठाएको हो ।
जिल्लामा र प्रदेशमा भएको छलफलमा गाउँपालिकाको नयाँ पुस्ताका नेताहरुमा चन्द्रबहादुर थापामगर ‘टलक’ को नाम चर्चामा आएको छ । दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष समेत रहेका मगरले आफ्नो कार्यकालमा वडामा विकास निर्माण लगायतका वडाबाट प्रवाह गरिने सेवामा विवाद रहित काम गरेकाले उनलाई पालिकाका जनताले रुचाएको स्थानीयको भनाई छ । असामाजिक कार्य गर्ने मानिसहरु बस्ने ठाउँ भनेर चिनिएको गौश्वारलाई अध्यक्ष मगरले आफ्नो कार्यकलमा सभ्य गौश्वारा बनाएको वडाबसीहरुको भनाई छ । चेतनामा पछि परेका गौश्वाराबासी र विकास निर्माणमा पछि परेको गौश्वारको विकासको लागि उनले वडामा अभियान नै चलाएर वडामा मदिराजन्य बस्तुको न्यूनिकरण समेत गरे ।
वडाले अभियान नै सञ्चालन गरेर विद्यालय नगएका बालबालिकाहरुलाई पढ्नुपर्छ भन्ने चेतना फैलाएर सबै बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराएर । अध्यक्ष मगरले गौश्वारबाट सुरु गरेको ‘जनहितका लागि सु–स्वास्थ्य राष्ट्रिय अभियान’ पछि अन्य जिल्ला, पालिका तथा वडाहरुले पनि सञ्चालन गरेका थिए । वडाबासी गम्भीर खालको विरामी पर्दा उपचारमा सहयोग गर्ने साथै, आपत परेको बेलामा वडा अध्यक्ष आफैले हेलिकप्टर चार्टर गरेर समेत विरामीको उद्दार तथा उपचार गराएका पनि माओवादी केन्द्रभित्र दोरम्बा शैलुङ्ग गाउँपालिकाको नयाँ पुस्तामा चन्द्रबहादुर मगर ‘टकल’ को नाम बढी चर्चामा आएको हो ।

Share this

प्रतिकृया

Add