काँग्रेसबाट खाँडादेवी गाउँपालिका अध्यक्षमा ध्रुव लामाको दावि

 शनिबार, बैशाख १०, २०७९ | onlinenews

रामेछाप । आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा उमेदवारी घोषणा गर्ने क्रम जारी छ । यही क्रममा खाँडादेवी गाउँपालिका अध्यक्षको लागि नेपाली काँग्रेसका नेता ध्रुव लामाले पनि गाउँपालिका अध्यक्षमा दाबी रहेको बताएका छन् । लामा नेपाली काँग्रेस रामेछापका स्थापित नेता हुन् । तत्कालिन जिल्ला विकास समितिको सभापति समेत भइसकेका लामाले आफ्नो सभापति कालमा सदरमुकाम मन्थली –पकरबास हुँदै गाल्वा जोड्ने मोटरबाटोको ट्याक खोलेका थिए ।

त्यसैको प्रभावले पनि लामाको प्रभाव पालिकामा राम्रो रहेको काँग्रेस नेताहरुको भनाई छ । काँग्रेसभित्र गाउँपालका अध्यक्षको आकांक्षी धेरै हुँदा उमेदवार छनौटमा कठिनाइ भएको बेला लामाले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । आपूmले टिकट पाएमा पालिकका अध्यक्ष सुनिश्चित भएकाले उम्मेदवारी घोषणा गरेको लामाले हाम्रो अनलाइन न्यूजलाई बताए । गाउँपालिकालाई समृद्ध बनाउन शिक्ष, स्वास्थ्य, रोजगारी तथा विकास निर्माणमा नविन सोच र भिजन रहेकाले पालिकाभित्रका आमनागरिकको सदभाव र समर्थन आफूप्रति रहेको लामाको दाबी छ ।

कृषिलाई आधुनिकीकरण गर्दै बजारीकरणको उचित ब्यवस्था गरेर नागरिकलाई आत्मनिर्भर बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाई छ । आर्थिक समृद्धिबिना नागरिकको जीवनमा कुनै परिवर्तनको अनुभूति हुन नसक्ने भन्दै गाउँगाउँमा घरेलु उद्योग संचालन गर्दै आर्थिक उन्नति गराउने लक्ष्य आफ्नो रहेको लामाले बताए । यदि पार्टीले विश्वास गरेर टिकट दिएमा जनताको अपारमाया र सानदार मतसहित पालिका अध्यक्ष जितेर देखाउने समेत उनले दावि गरे ।

प्रतिकृया

Add