बैशाख १५ गतेभित्र निजी हतियार बुझाइसक्न गृह मन्त्रालयको आहृवान

 बुधबार, चैत्र १६, २०७३ | onlinenews

१६ चैत, काठमाडौं । सरकारले बैशाख १५ गतेभित्र इजाजत प्राप्त हातहतियारहरु बुझाइसक्न निर्देशन दिएको छ । गृह मन्त्रालयले सूचना जारी गरी बैशाख ३१ गते हुने निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरण बनाउन इजाजत प्राप्त हातहतियार नजिकको प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको हो ।
हातहतियार तथा खरखजाना ऐन २०१९ को दफा ८ बमोजिम असुरक्षित महसुस गर्ने हरेक नेपाली नागरिकले प्रशासनको स्वीकृती लिएर हतियार राख्न पाउनेछन् । पछिल्लो समय स्थानीय प्रशासनले त्यस्ता हतियारहरु निर्वाचन सम्पन्न नभएसम्मका लागि स्थानीय प्रशासनमा बुझाउन आग्रह गर्दै आएको छ ।

प्रतिकृया

Add