खाडाँदेवि गाउँपालिकाका निवर्तमान अध्यक्ष तामाङद्धारा एमाले परित्याग

 शनिबार, बैशाख १०, २०७९ | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप । खाँडादेवि गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेमबहादुर तामाङले नेकपा एमाले परित्याग गरि नेकपा एसमा प्रवेश गरेका छन् । शुक्रबार गाउँपालिका अध्यक्ष पदबाट राजनीतिक दिएका अध्यक्ष तामाङ एक दर्जन जिल्ला स्तरका नेताहरु सहित नेकपा एसमा प्रवेश गरेका हुन् । शनिबार प्रेस वक्तव्य जारी गर्दै नेकपा एमालेसँगको लामो यात्रा अन्त्य भएको बताएका छन् । जिल्ला पार्टीको मूल नेतृत्व र त्यसको गलत प्रवृत्तिबाट मुक्त हुन एमाले परित्याग गरेको तामाङद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । नेकपा एमाले जिल्लाको मुल नेतृत्वमा चरम ब्यक्तिबादी, स्वेच्छाचारी, संकिर्ण मानसिकता, अदुरदर्शी र अपारदर्शी क्रियाकला, सर्वसत्तावादी सोच र अधिनायकवादी, कोठे राजनीतिक, षड्यन्त्रकारी आचरण हावि रहेको विज्ञप्तिमा लेखिएको छ ।
नेकपा एमालेका बागमती प्रदेश सदस्य तथा रामेछापका निवर्तमान उपाध्यक्ष समेत रहेका तामाङ एमाले रामेछापका प्रभावशाली नेता मानिन्थे । तामाङसँगै खाँडादेवी गाउँपालिका वडा नं ७ का अध्यक्ष असलसिं तामाङ लगायतका जिल्ला तथा पालिका स्तरका एक दर्जन नेताहरु एकीकृत समाजवादी प्रवेश गरेका हुन् ।
गत स्थानीय तहको निर्वाचनमा लोकप्रिय मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । एकीकृत समाजवादी पार्टीले खाँडादेवी गाउँपालिका अध्यक्षको उम्मेदवार तामाङलाई नै बनाउने तयारी भइरहेको नेकपा एसका एक नेताले जानकारी दिए ।

प्रतिकृया

Add