रामेछाप काँग्रेसद्धारा ८ वटै पालिकाको उम्मेदवार घोषणा

 सोमवार, बैशाख १२, २०७९ | onlinenews
Share this

रामेछाप । आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस रामेछापले जिल्लाका आठ वटै स्थानीय तहमा उम्मेदवारको नाम टुंगो लगाएको छ । तालमेल माओवादी केन्द र एकीकृत समाजवादीसँग गठबन्धन गरेर चुनाव लड्ने चर्चा चलिरहेको बेला नेपाली काँग्रेस आफ्नो उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो ।
गठबन्धनमा भागबण्डा नमिल्ने भएपछि काँग्रेसले आइतबार बेलुका जिल्लाका आठ वटै स्थानीय तहबाट पालिका प्रमुख, उप–प्रमुख, अध्यक्ष, उपाध्यक्षको नाम टुंगो लगाएको हो । काँग्रेसले मन्थली नगरपालिकाको प्रमुखमा बिनोद कार्की, उपप्रमुखमा यशोदा श्रेष्ठ, रामेछाप नगरपालिकाको प्रमुखमा लवश्री न्यौपाने, उप–प्रमुखमा सुशिला लामाको नाम टुंगो लगाएको छ । यस्तै, लिखुतामाकोशी गाउँपालिकाको अध्यक्षमा केशव महत, उपाध्यक्षमा सरस्वती गुरुङ खड्का, उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा जितबहादुर कटुवाल, उपाध्यक्षमा सावित्री सुनुवार, गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा काजिबहादुर खड्का (दिनेश), उपाध्यक्षमा उषा बस्नेत कार्की, दोरम्बा शैलुड गाउँपालिकाको अध्यक्षमा मानबहादुर लामा, उपाध्यक्षमा खमला थापा मगर, सुनापती गाउँपालिकाको अध्यक्षमा कमान खड्का, उपाध्यक्षमा शान्ति मोक्तान र खाँडादेवी गाउँपालिकाको अध्यक्षमा नवराज थोकर, उपाध्यक्षमा चण्डिका उप्रेतीलाई उम्मेदवार बनाउने निर्णय भएको नेपाली काँग्रेस रामेछापले जनाएको छ ।

Share this

प्रतिकृया

Add