भरुवा बन्दुक सहित एक जना पक्राउ

 सोमवार, बैशाख १२, २०७९ | onlinenews
Share this

रामेछाप । मन्थली नगरपालिका वडा नं. १४ फुलासीबाट भरुवा बन्दुकसहित एक जना प्रक्राउ परेका छन् । घरमा भरुवा बन्दुक लुकाइछिपाई राख्ने श्यामभक्त तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले आफ्नै घरमा भरुवा बन्दुक राखेको भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा घरको भुई तलाको कोठाको खाटमुनी एक थान भरुवा बन्दुक फेला परेपछि तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
यही वैशाख ९ गते अपराह्न ३ बजेको तामाङलाई उनकै घर आँगनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए । जिल्ला अदालत रामेछापबाट पाँच दिनको म्याद थप गरी हात हतियार खरखजनासम्बन्धी कसूरमा तामाङमाथि अनुसन्धान भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

Share this

प्रतिकृया

Add