म निर्वाचित भए भने सरकारी सुविधा लिन्नः पुरी

 शुक्रबार, बैशाख १६, २०७९ | onlinenews

रामेछाप । नेपाली काँग्रेसको तर्फबाट मन्थली नगरपालिका वडा नं. ८ को अध्यक्षका उम्मेदवार ओमप्रकाश पुरीले आपूm वडा अध्यक्षमा निर्वाचन भए सरकारी सुविधा आपूmले नलिने घोषणा गरेका छन् । सरकारी सुविधान वापत आउने रकम वडाका दलित तथा विपन्न बालबालिकालाई पढाइमा सहयोग गर्ने पुरीले घोषणा गरेका हुन् ।
आपूm वडा अध्यक्षमा निर्वाचित भएमा कुनै पनि सरकारी सेवा सुविधा नलिई जनताको सेवा गर्ने बताए । वडाको विकासको लागि आपूmसँग नयाँ योजना रहेको भन्दै अवसर पाएमा वडाको मुहार फेरेर देखाउने पुरीले बताए । वडामा शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी र कृषिलाई प्रथामिकतामा राखेर काम गर्ने उनको भनाई छ ।
आपूm वडा अध्यक्षमा निर्वाचित भएमा विकास निर्माण साथै वडाले प्रवाह गर्ने कामलाई पारदर्शी बनाई अनियमितता र भ्रष्टाचारलाई शून्य बनाएर वडा नं. ८ लाई नमूना वडा बनाएर देखाउने समेत उनले प्रतिवद्धता जनाएका छन् । आपूmले गरेको प्रतिवद्धताहरु चुनावि नारा मात्रै नभएर काम नै गरेर देखाउने समेत उनले प्रतिवद्धता जनाएका छन् ।

प्रतिकृया

Add

Comments are closed.

1 COMMENTS
  • अनन्त राज गिरी

    ओम प्रकाश पुरी दाईले बिकास गछन अब