४ नं. वडालाई नमूना बनाउँछु : श्रेष्ठ

 शनिबार, बैशाख १७, २०७९ | onlinenews

रामेछाप । नेपाली काँग्रेसबाट खाँडादेवी गाउँपालिका–४ को वडा अध्यक्षको उम्मेदवार सुर्य श्रेष्ठले वडालाई नमूना बनाउन आपूmले उम्मेदवारी दिएको बताए । वडा नं. ४ मा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको छ, म निर्वाचित भएँ भने नमूना काम गरेर यो वडालाई आगामी ५ वर्षमा खाँडादेवी गाउँपालिकाकै नमूना वडा बनाउने छु–श्रेष्ठले भने । जिल्लाकै ठूलो फाँट धान उत्पादनको उर्वर भूमी माडीफाँटमा उन्नत जातको बिऊ र मल तथा सिंचाइको राम्रो ब्यवस्था गरि अहिले भइरहेको उत्पादन भन्दा दोब्बर बनाउले आफ्नो लक्ष्य रहेको उनले बताए ।
सुनकोसी र तामाकोसी आसपासका २० मिटरसम्म माथिका सम्पूर्ण जमिनमा सिंचाइको व्यवस्था गरेर हराभरा पार्ने साथै हरित वडा बनाउँन योजना निर्माण गर्ने श्रेष्ठ बताए । भौतिक पुर्बाधार अन्तर्गत वडा भित्रका सम्पूर्ण सडकलाई व्यवस्थित गर्दै हिउँद बर्खा सधैं सहज यातायात संचालन गराएर वडाका नागरिकलाई आवतजावतमा सहजता प्रदान गराउने आफ्नो प्रतिबद्धता रहेको उनले बताए ।

वडाकै महत्त्वपूर्ण धार्मिक तिर्थस्थल नर्मदेश्वर महादेव मन्दिरलाई अझ व्यवस्थित गरेर आन्तरिक तथा बह्य धार्मिक पर्यटक आगमनको केन्द्र बनाउने पनि श्रेष्ठले बताए । तामाकोसी र सुनकोसी नदि आसपासका सीमान्तकृत माझी समुदायको पेशालाई संरक्षण गर्दै सहज जीविकोपार्जनको मध्यम बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ । श्रेष्ठ भन्छन् – “वडा भित्रका सम्पुर्ण जातजातिको पहिचान र अस्तित्वको लागि कार्यक्रम नै बनाएर काम गर्ने छु ।“ आफू लामो समयदेखि राजनीतिमार्फत वडाबासीको सेवामा समर्पित रहेकाले आफ नागरिकको विश्वास प्राप्त गर्नेमा निश्चिन्त रहेको पनि श्रेष्ठको दावी छ । मेरो अठोट छ वडा नं ४ जिल्लाको मात्र नभएर नेपालकै नमूना बनाएर देखाउने श्रेष्ठको दावि छ ।

प्रतिकृया

Add