काभ्रेपलाञ्चोमा बस र जिप ठोक्किदा ५ जनाको मृत्यु, १९ जना घाइते,

 बुधबार, बैशाख २१, २०७९ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा भएको सडक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा सोमु चालक सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ४ का हरिवहादुर बल, जिपमा सवार वडा नं. ६ रामपुरका ३० वर्षीय बिक्रम श्रेष्ठ, सुनकोशी गाउँपालिका वडा नं. १ का ४४ बर्षीया प्रमिला नेपाली रहेका छन् । यसैगरी, रामेछापको खाडादेवी गाउँपालिका वडा नं. ३ की सम्झना भुसाल र उनका ६ वर्षीय छोरा संगीत भुसालको मृत्यु भएको छ । बुधबार मध्याह्न भारतीय पर्यटक (तिर्थयात्री) बोकेको यूपी ५८ टी ८१८१ नम्बरको मिनी बस र सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एक आपसमा ठोक्किएर कोभ्रको रोशी गाउँपालिका वडा नम्बर ११, बढुवेशीमा भएको दुर्घटनामा परी जीपमा सवार पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार भारतीय पर्यटक बोकेको मिनी बसले जिपलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइेत भएका १९ जनाको काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक खतिवडाले बताए । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

Add