खाँडादेविमा काँग्रेस– माओवादी गठबन्धन, चुनावी अभियान तीब्र

 शुक्रबार, बैशाख २३, २०७९ | onlinenews

रामेछाप । स्थानीय तहको निर्वाचन मिति नजिकदै गर्दा खाँडादेवी गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावि गठबन्धन भएको छ । दुई पार्टीबीच गठबन्धन भएसँगै चुनावी अभियानलाई तीब्र बनाएका छन् । बैशाख ३० गते हुने स्थानीय हतको निर्वाचनलाई लक्षित गरि गठबन्धनले चुनावि अभियानलाई तीब्र बनाएका हुन् । गठबन्धनले गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मदेवार नवराज थोकर र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका मानबहादुर लामालाई मतदान गर्ने सहमति गरेका छन् । गठबन्धनका साझा उम्मेदवारद्वय अहिले संयुक्त रुपमा मतदाताहरुको घरघरमा पुगेर भोट मागिरहेका छन् । गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार नवराज थोकरले गाउँपालिकाको नागरिकको चाहना अनुसार काम गरेर देखाउँने प्रतिबद्धता जनाएका छन् । साथै चुनाव गठबन्धनले जित्ने समेत थोकरले दावि गरे ।


भ्रष्टाचारमा शुन्य सहनशीलताको सिद्धान्त पालना गर्ने साथै समृद्ध पालिका सुखी पालिकाबासी बनाउने गठबन्धनको अठोट रहेको अध्यक्षका उम्मेदवार थोकरले बताए । माओवादी र काँग्रेसबीच भएको गठबन्धनप्रति विश्वस्त भएर गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न पनि थोकरले मतदाताहरुमा अपिल गरेका छन् । माओवादीले काँग्रेसलाई भोट हाल्दैनन् र काँग्रेसले पनि माओवादीलाई भोट हल्दैनन् भनेर भ्रम फैलाएको भन्दै माओवादी केन्द्रबाट गठबन्धनका उपाध्यक्षका उमेदवार मानबहादुर लामाले गठबन्धनप्रति ढुक्क रहन आग्रह गरेका छन् ।
दुई वटै पार्टीको आधिकारी निर्णय अनुसार गठबन्धन भएकाले गठबन्धनप्रति शंका नगर र ढुक्क भएर गठबन्धनमा मतदान गर्न उपाध्यक्षका उम्मेदवार लामाले मतदाताहरुमा अनुरोध गरेका छन् ।

प्रतिकृया

Add