खाँडादेवीमा गठबन्धनको घोषणा–पत्र कृषि, सडक, शिक्षा, स्वास्थ्य, सिंचाइदेखि पर्यटनसम्म

 शुक्रबार, बैशाख २३, २०७९ | onlinenews

रामेछाप । खाँडादेवी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त घोषणा पत्र जारी गरेको छ । गठबन्धनले निर्वाचन प्रचारप्रसार समितिमार्फत संयुक्त घोषणा–पत्र जारी गरेको हो । घोषणा–पत्र जारी गर्दै गठबन्धनको तर्फबाट निर्वाचन प्रचारप्रसार समितिका संयोजक अमृत थोकरले गाउँपालिकाको अध्यक्ष पदमा रुख चिन्ह र उपाध्यक्ष पदको लागि हँसिया हथौडामा मतदान गर्न आम मतदाताहरुमा अपिल गरेका छन् ।

गठबन्धनद्धारा जारी घोषणा–पत्रको पूर्णपाठ

१ युबा नेतृत्वमा भएको उर्जालाई गाउँपालिका विकासमा प्रयोग गर्न,
२ खाँडादेवी गाउँपालिकामा एउटा सुबिधा सम्पन्न अस्पतालको निर्माण तथा संचालन गर्ने,
३ जितपछि पाउने सम्पूर्ण सेवा, सुबिधा र तलब जनता र गाउँपालिका विकासको लागि प्रयोग गर्ने,
४ यो भन्दा अगाडिको नेतृत्वले सुरु गरेको राम्रो कामको निरन्तरता दिने,
५ खाँडादेवी गाउँपािलकामा हाल नेकपा एमालेको नेतृत्वमा रहेको पालिका सरकारले गरेको भ्रस्टचार, अनियमितता, एकलौटी र मनपरीतन्त्र रोक्न,
६ विकास निर्माण कार्यमा विकास समितिको नाममा भैरहेको कमिसनतन्त्रलाई समाप्त गरि पालिका स्तरबाटै गाउँगाउँमा विकास पु¥याउन,
७ शिक्षालाई आधुनिकीकरण गर्दै अनिवार्य ब्यवहारिक, ब्यवसायिक र रोजगारमूलक शिक्षा नीति ल्याई गाउँको विद्यार्थी गाउँगाउँमै पढ्न सक्ने ब्यवस्था ल्याउन,
८ एक गाउँ एक उत्पादन गरि सो उत्पादनलाई बजारसम्म पु¥याई किसानलाई आर्थिक रुपमा सबल बनाउन,
९ ५ वर्षमा सुकोशी नदीको पानीलाई पकरबास, पंखार र खाँडादेवी डाडामा लिफ्ट मार्फत पानी पु¥याई सबै बाँझो जमिनमा तरकारी तथा नगदेबाली उत्पादन गरि सो उत्पादनलाई बजारसम्म पुर्याई त्यहाँको जनताको आर्थिक विकास गर्न,
१० धार्मिक महत्वको खाँडादेवी थान जोड्ने बाटोलाई स्तरोन्नती गरि त्यहाँ सुविधा सम्पन्न होटेल, लजको निर्माणमा आवश्यक प्रत्सोहान गर्दै खाँडादेवि मन्दिरको आवस्यक प्रचार प्रसार गरि धार्मिक पर्यटन वृद्धि गर्न,
११ खाँडादेवीमा हाल भैरहेको सडकहरुलाई ५ वर्ष भित्रमा कालो पत्रे गर्न,
१२. रामेछापमै अवस्थित सैलुङ्ग पदयात्र गर्ने बिदेशी पर्यटकहरुलाई आवश्यक होमस्टे, पदमार्गको विकास गरि बाह्य पर्यटन र आन्तरिक पर्यटनद्वारा आर्थिक विकास गर्न,
१३ आधारभूत स्वास्थ्य तथा औषधी निःशुल्क वितरण गर्ने,

समग्रमा खाँडादेवी गाउँपालिकाको भौतिक, आर्थिक, सामाजिक विकासका लागि सक्षम, युवाको नेतृत्व अपरिहार्य भएकाले रुख चिन्हमा मतदान गरि खाडादेवी गाउँ पालिका प्रमुखमा युबा नेता श्री नबराज थोकर तामांङ र खाँडादेवी गाउँपालिका उप–प्रमुखमा नेकपा माओवादी केन्द्रका युबा नेता श्री मानबहादुर तामाङ (निर्माण) लाई गोलाकार भित्रको हसिया हथौडामा भोट हाली अत्याधिक बहुमतले बिजयी गराऔ !
जय नेपाल !

अमृत थोकर
संयोजक
निर्वाचन प्रचार प्रसार समिति

प्रतिकृया

Add