रामेछापमा २४ मतदान स्थल अतिसंवेदनशील र २७ संवेदशील

 शुक्रबार, बैशाख २३, २०७९ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । आसन्न स्थानीय तह निर्वाचनका लागि तोकिएका रामेछाप जिल्लामा ५१ वटा मतदान स्थललाई संवेदनशील मतदान स्थालको रुपमा लिइएको छ । २४ वटा मतदान स्थल अतिसंवेदनशील र २७ वटा संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । २ नगरपालिका र ६ गाउँपालिका गरि ८ वटा स्थानीय तह रहेको रामेछाप जिल्लामा कुल ९२ वटा मतदान स्थल मध्य ५१ वटा मतदान स्थललाई संवेदनशील मतदान स्थलको लिइएको जिल्ला प्रहरीकार्यालय रामेछापले जनाएको छ
रामेछाप जिल्लामा ९२ वटा मतदान स्थल अन्तर्गत २ सय २३ वटा मतदान केन्द्र रहेका छन् । मतदान स्थल रहेका क्षेत्रको भौगोलिक बनावट, सुरक्षाको उपलब्धता र उपलब्ध स्रोत साधन तथा सेवा सुविधाका अधारमा मतदान स्थलतको प्रकिृतिलाई निर्धारण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजुप्रसाद जानकारी दिए ।

रामेछापको ८ पालिकामा ३ सय ३६ जनप्रतिनिधि चुनिदैँ

आसन्न स्थानीय तह निर्वाचनबाट रामेछाप जिल्लाका ३ सय ३६ जना जनप्रतिनिधिहरु चुनिदैँ छन् । जिल्लामा रहेका ८ वटा पालिका र त्यसअन्तर्गतका ६४ वटा वडाहरुबाट गरि ३ सय ३६ जना जनप्रतिनिधि निर्वाचित हुने छन् । जिल्लाका दुई नगरपालिकामा चार जना प्रमुख÷उपप्रमुख र ६ गाउँपालिकामा १६ जना अध्यक्ष तथा उपाध्यक्ष निर्वाचित हुने छन् भने ६४ वटा वडामा अध्यक्ष सहित पाँच जना प्रत्येक वडामा निर्वाचित हुने छन् ।
३ सय ३६ जनप्रतिनिधिका लागि ७६ जना स्वतन्त्रसहित १ हजार ३ सय ६९ जनाले उम्मेदवारी दिएका थिए । जसमध्य दल र स्वतन्त्रसहित १ सय १६ जनाले उम्मेदवारी फिर्ता फिर्ता लिएका छन् भने रामेछाप नगरपालिकामा स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दिएका रत्नबहादुर श्रेष्ठको उम्मेदवारी खारेज भएको छ ।
अहिले १ हजार ४ सय ८५ जना चुनावी मैदानमा छन् । जिल्लामा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाबीच चुनावी तालमेल गरेर जाने विषयमा सम्बन्धित दलका नेताहरुले निकै कसरत गरे पनि अन्ततः स्थानीय तहमा भागबण्डा नमिल्दा आंशिक रुपमा मात्र गठबन्धन भएको छ । मन्थली नगरपालिकामा नेकपा माओवादी र एकीकृत समाजवादीबीच चुनावि तालमेल भएको छ भने खाँडादेवी र दोरम्बा गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ ।

प्रतिकृया

Add