रामेछाप नगरपालिकामा माओवादी र समाजवादीले घरदैलो कार्यक्रम सकेर चुनावि सभा गर्दै

 शुक्रबार, बैशाख २३, २०७९ | onlinenews

शुशिला श्रेष्ठ


रामेछाप । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरेर चुनावि मैदानमा रहेका रामेछाप नगरपालिकामा चुनावि अभियान अन्तर्गत घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । रामेछाप नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट नगरप्रमुखको उम्मेदवारमा नरेशबाबु श्रेष्ठ र उप–प्रमुखमा नेकपा (एकीकृत समाजवादी)को तर्फबाट ढालबिक्रम कार्की रहेका छन् । माओवादी केन्द्र र समाजवादीले संयुक्त चुनावि अभियान अन्तर्गत घरदैलो कार्यक्रम सम्पन्न गरि चुनावि सभामा लागेको छ । वैशाख १४ गतेदेखि २१ गतेसम्म घरदैलो कार्यक्रम चलाएको माओवादी केन्द्र र एकीकृत समाजवादीले २२ गतेदेखि चुनावि सभा सुरु गरेको हो ।
२२ गते वडा नं. २ को देउराली डाँडा र गोठगाउँमा चुनावि सभा गरेको गठबन्धनले २३ गते रामपुर भञ्ज्याङ्ग र च्यास्कुमा चुनावि सभा गरेको निर्वाचन परिचालन समितिका संयोजक शिशिर खड्गीले जानकारी दिए । संयोजक खड्गीका अनुसार २५ गते ल्याङल्याङको भिमसेनस्थानमा बृहत चुनावि सभा गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरी २६ गते हिमगंगाको तिलबारी र २७ गते रामेछाप बजारमा चुनावि सभा आयोजना गरिएको खड्गीले जानकारी दिए ।

प्रतिकृया

Add