काँग्रेस कार्यकर्तामाथि कुटपिट

 शनिबार, बैशाख २४, २०७९ | onlinenews

रामेछाप । रामेछाप नगरपालिका–५ मा नेपाली काँग्रेसका कार्यकर्तामाथि कुटपिट भएको छ । चुनाव प्रचरप्रसारमा रहेको अवस्था आफ्नो  कार्यकर्तामाथि एमाले कार्यकर्ताले कुटपिट गरेको नेपाली काँग्रेसको आरोप छ । काँग्रेस कार्यकर्ता दानबहादुर तामाङलाई एमाले कार्यकर्ताले गएराति कुटपिट गरि घाइते बनाएको काँग्रेस नेता तिर्थ तामाङले बताए ।
कुटपिटबाट घाइते भएका दानबहादुर तामाङले प्रहरी चौकी रामेछापमा जाहेरी दर्ता गराएका छन् भने उनको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको नेपाली काँग्रेस रामेछापकी महाधिवेशन प्रतिनिधि कुमारी हायुले जानकारी दिइन । घाइते घटनाको जानकारी पाउने बित्तिकै प्रहरी टोलीलाई घटना स्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
नेकपा एमालेले भने घटना पार्टीगत नभई ब्यक्तिगत भएको बताएको छ । ब्यक्तिगत रिसइविको कारण भएका घटनालाई पार्टी र चुनावि अभियानसँग जोडेर गलत प्रचार गरिएको नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले बताए । नेकपा एमाले संयम रहेको भन्दै झगडा गर्ने वातावरण सिर्जना नगर्न समेत अध्यक्ष श्रेष्ठले आग्रह गरे ।

प्रतिकृया

Add