जनताको सेवक बनेर काम गर्नेछुः श्रेष्ठ

 शनिबार, बैशाख २४, २०७९ | onlinenews

रामेछाप । खाँडादेवी गाउँपालिका–५ का नेपाली काँग्रेसबाट वडाध्यक्षका उमेदवार बनेका राजनारायण श्रेष्ठले वडावासीलाई गाउँमै सिंहदरबारको आभास हुने गरि काम गर्ने बताए । भौतिक पुर्वाधार अन्तर्गत यातायातलाई बाह्रै महिना हसज बनाउँदै वडालाई कृषिमा आत्मनिर्भर बनाउने आफ्नो योजना रहेको श्रेष्ठ बताउँछन् । “वडाबाट प्रदान गरिने सम्पूर्ण सेवा सहज र सरल बनाउँने छु श्रेष्ठले भने ।”
वडाबासी ज्येष्ठ नागरिकको लागि सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणाली मार्फत गाउँ गाउँमै पु¥याएर सहजता दिलाउने आफ्नो योजना रहेको श्रेष्ठले बताए महिलालाई समाजको अभिन्न क्षेत्र हो भन्ने उद्देश्यले सुत्केरी भत्ता लगायतका कार्यक्रम संचालनमा ल्याएर उनीहरुको हौसला वृद्धि गर्ने श्रेष्ठको भनाई छ । संकट परेको बेला संकट समाधानका लागि आपूm अहोरात्र खटिएको छु, आम युवाको साथ छ अग्रजको आशीर्वाद र समकक्षीको सहयोग छ त्यसैकारण पनि आफू निर्वाचित हुनेमा ढुक्क छु श्रेष्ठले हाम्रा अनलाइन न्यूजलाई भने ।


वडा नं ५ लाई देशकै नमूना वडा बनाएर देखाउने छु, वडाबाट प्रदान गरिने सेवा सुबिधा सहज र सरल बनाउने छु र साँच्चै नागरिकले आफ्नो सरकार अनि गाउँगाउँमा सिंहदरबार भएको आभास दिलाउन गरि काम गर्ने श्रेष्ठले प्रतिबद्धता जनाए । युवा उद्यमशिलता कार्यक्रम संचालन गरेर युवा जनशक्ति विदेशीनबाट रोक्ने आफ्नो योजना रहेकोल बताए । कृषिमा आधुनिकीकरण गरि उत्पादन दोब्बर बनाउने कार्यक्रम संचालनमा ल्याउने पनि उनले बताए । आफ्नो घोषणा–पत्र जारी गरिसके र त्यसलाई अक्षरस पूरा गर्दै आवश्यकता तथा वडाबासीको मागको आधारमा विकासको गतिलाई तीब्रता दिने श्रेष्ठले प्रतिवद्धता जनाएका छन् ।

प्रतिकृया

Add