माओवादीको किल्ला मानिएको सालुमा एमालेको उभार

 आइतवार, बैशाख २५, २०७९ | onlinenews

रामेछाप । आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसार तथा आफ्ना प्रतिवद्धताहरु जनतासामू पु¥याउने कार्यक्रम अन्तर्गत नेकपा एमाले मन्थली नगरपालिकाका उम्मेदवारहरुले शनिबार सालु बजारमा बृहत चुनावि जनसभा गरेका छ । नेकपा एमालेको तर्फबाट मन्थली नगरपालिका उप–प्रमुखको उम्मेदवार समेत रहेकी इश्वरी बस्नेतको गाउँसमेत रहेको सालुमा आयोजीत चुनावि जनसभामा मतदाताहरुको ब्यापक सहभागिता रहेको थियो । नेकपा माओवादी केन्द्रको गढ मानिएको सालु बजारमा यो पटक एमालेको पक्षमा उभार आएको स्थानीयको भनाई छ । गाउँको विकास कस्तो हुने भन्नेमा निर्वाचित जनप्रतिनिधिहरुमा भरपर्ने भएकाले यस पटक हाम्रोलाई नभई राम्रोलाई मतदान गर्ने सोचमा आपूmहरु रहेको चुनावि सभामा सहभागि धनबहादुर तामाङले बताए । विगतका चुनावहरुमा जोडर मालिक र ठेकेदारहरुलाई भोट दिएर गल्ती गरिएछ, यस पटक हाम्रोलाई हैन राम्रोलाई भोट दिने सोचमा छौँ अर्को सहभागिले भने ।


चुनावि सभालाई संवोधन गर्दै नेकपा एमालेका केन्द्री सदस्य माधव ढुङ्गेलले नेकपा एमालेको तर्फबाट मन्थली नगरपालिकाको उम्मेदवार लब श्रेष्ठ निष्ठावान नेता भएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ढुङ्गेलले उम्मेदवार श्रेष्ठले पार्टीमा कहिल्यै पद नखोज्ने तर समस्या आएमा निकास दिनसक्ने र विकास बुझेको नेता भएकाले एमालेले मेयर उम्मेदवार बनाएको बताए ।
नगरप्रमुखका उम्मेदवार लब श्रेष्ठले जनताको चाहना र आवश्यकताको आधारमा नगरपालिकाको विकास गर्ने प्रतिवद्धता जनाए । वडासम्म जाने कालेपत्रे हुन बाँकी सडकहरुमा पाँच वर्षमा सकेसम्म कालोपत्रे गर्ने यदि पाँच वर्षमा सबै वडासम्म जाने सडक कालोपत्रे गर्न सम्भव नभएमा स्तरोन्नती गरि हिउँद बर्खानै सहज यातायात सञ्चालन गराउने बताए । पर्यटन प्रवद्र्धनको लागि स्थानीय सरकारले अनुदान दिएर होमस्टेहरु सञ्चालन गरि स्थानीयको आर्थिक आम्दानीमा बृद्धि गराउने गरि काम गर्ने बताए । नगरपालिकाको विकासको लागि घोषणा–पत्रमा लेखिका प्रतिवद्धताहरु सबै कार्यान्वयन गर्ने पनि मेयरका उम्मेदवार श्रेष्ठले प्रतिवद्धता जनाएका छन् ।


सालुमा आयोजीत चुनावि सभामा नेकपा (एकीकृत समाजवादी)का वडा अध्यक्षको उम्मेदवार सहित २० जना नेकपा एमालेमा आएको पनि नेकपा एमाले रामेछापले जानकारी दिएको छ । नेकपा एमालेको तर्फबाट मन्थली नगरपालिका वडा नं. ४ सालुको वडा अध्यक्षको उम्मेदवार सुक्रबहादुर श्रेष्ठ रहेका छन् । नेकपा एमाले वडा नं. ४ का संयोजक भोजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको चुनावि सभाका अन्य अतिथिहरुमा नेकपा एमाले केन्द्रीय सदस्य गीता कार्की, बागमती प्रदेशका निवर्तमान मन्त्री शान्तिप्रसाद पौडेल, मन्थली नगरपालिका उप–प्रमुखको उम्मदेवार इश्वरी बस्नेत, नेकपा एमाले मन्थली नगर कमिटिका अध्यक्ष लगायत रहेका थिए ।

प्रतिकृया

Add