दोरम्बा शैलुङ्ग माओवादीको लालकिल्ला हो, अरुले आश नगरे हुन्छः मगर

 सोमवार, बैशाख २६, २०७९ | onlinenews

रामेछाप । दोरम्बा शैलुङ्गाग गाउँपापलिका वडा नं. ४ का अध्यक्ष चन्द्रबहादुर मगर ‘टकल’ ले दाेरम्बा शैलुङ्ग गाउँपालिका माओवादीको लालकिल्ला भएको बताए । दोरम्बा शैलुङ्ग माओवादीको लालकिल्ला भएकाले यहाँ अरु पार्टीहरुले चुनाव चित्ने आश नै नगरे हुन्छ, वडा अध्यक्ष मगरले भने । वडा अध्यक्ष मगरको नेतृत्वमा वडामा चुनाव प्रचारप्रसारलाई तीब्र बनाइएको छ । दाेरम्बा शैलुङ्ग गाउँपालिका जनयुद्धकालमा माओवादीको आधार इलाका रहेको र आज पनि माओवादीको लालकिल्ला भएको अध्यक्ष मगरले बताए । दोरम्बा गाउँपालिकामा माओवादी र नेपाली काँग्रेसको गठबन्धलाई जिताउन जनताको घरघरमा पुगेर पहिलो कार्यकालमा आपूmले गरेको काम र आसन्न निर्वाचनबाट निर्वाचन भएर आउँने जनप्रतिनिधिहरुले घोषणा–पत्र मार्फत गरेका प्रतिवद्धताहरुका बारेमा जनतालाई बुझाउँदै हिडेको अध्यक्ष मगरले बताए । दोरम्बा गाउँपालिकामा गठबन्धनलाई जिताएर छोड्ने पनि अध्यक्ष दावि गरे ।

प्रतिकृया

Add