उमाकुण्डमा वडा अध्यक्षको उम्मेदवारमाथि खुकुरी प्रहार

 बिहिबार, बैशाख २९, २०७९ | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ का वडा अध्यक्षको उम्मेदवार रमेश सुनुवार माथि गएराति खुकुरी प्रहार भएको छ । नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार सुनुवारलाई कुँबुकास्थलीमा नेकपा एमाले र राप्रपाका कार्यकर्ताहरुले खुकुरी प्रहार गरेको नेपाली काँग्रेसले जनाएको छ । खुकुरी प्रहारबाट सुनुवार गम्भीर घाइते भएको नेपाली काँग्रेसबाट उमाकुण्ड गाउँपालिका अध्यक्षका उम्मेदवार जीतबहादुर काटुवालले जानकारी दिए । मौन अवधिमा सुनुवार बसिरहेको ठाउँ पछाडिबाट आएर झुक्याएर खुकुरी प्रहार गरेको कटुवालको भनाई छ ।
गम्भीर घाइते सुनुवारलाई उपचारका लागि वडा नं २ बाम्तीको बाम्ती अस्पतालमा लगिएको बताइएको छ ।
पबित्र सुनुवारको नेतृत्वमा आएका केही अराजक समूहले सुनुवारमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । आक्रमणकारीको नेतृत्व गर्ने सुनुवार सहित केही ब्यक्तिहरुहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घटनाबारे अनुसन्धान गर्न प्रहरी टोली घटनास्थल पठाइससकिएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया

Add