वडा अध्यक्षका उम्मेदवारमाथिक आक्रमणमा आफ्नै पार्टी कार्यकर्ताको पनि संलग्नता

 बिहिबार, बैशाख २९, २०७९ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नंं. ३ को वडा अध्यक्ष पदको लागि नेपाली काँग्रेसकाबाट उम्मेदवार रहेका रमेशकुमार सुनुवारसहित तीन जनामाथि साङ्घातिक आक्रमण भएको छ । वडा अध्यक्षको उम्मेदवारमाथि आक्रमण गर्नेमा आफ्नै पार्टीको असन्तुष्ट पक्षको समेत सहभागिता रहेको पाइएको छ । उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थलीको वडा अध्यक्षको लागि राप्रपाबाट उम्मेदवारी दिएका पवित्र कुमार सुनुवार र सोही पार्टीबाट वडा सदस्यमा उम्मेदवार गणेशबहादुर कार्की, काँग्रेसका असन्तुष्ट पक्षका छविन्द्र कार्की, कृष्णबहादुर कार्की र एमालेका वडा सदस्यका उम्मेदवार बिक्रम सुनुवारसहितको संयुक्त टोलीले गएराति वडा अध्यक्षका उम्मेदवार सुनुवारसहित चार जनामाथि आक्रमण गरेका हुन् ।
काँग्रेसको असन्तुष्ट पक्ष, राप्रपाका उम्मेदवार, एमालेका उम्मेवार र पार्टीका अन्य कार्यकर्तासहितको संयुक्त टोलीले गएराति वडा अध्यक्षका उम्मेदवार सुनुवारमाथि खुकुरी प्रहारी गरेका थिए भने अन्य तीन जनामाथि कोदालो, चिरपट र लाठी प्रहार गरेको थिए । खुकुरी प्रहारबाट घाइते भएका सुनुवारको टाउकोमा पाँच टाका लगाइएको छ । यस्तै, गत स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर आएका वडा सदस्यमाथि उनीहरुले कोदालो प्रहार गरेका उनीहरुले दुई जनामाथि चिरपट र लाठी प्रहार गरी घाइते बनाएको घाइते अवस्थामा रहेका वडा अध्यक्षका उम्मेदवार रमेशकुमार सुनुवारले बताए ।
घाइते चारै जना बाम्तीमा रहेको स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किसकेका छन् । मौन अवधिको समयमा रातको ११:०० बजे काँग्रेसका असन्तुष्ट पक्ष छविन्द्र कार्की र कृष्ण बहादुर कार्कीले राप्रपा उम्मेदवारलाई भोट माग्दै गरेको भन्ने सूचनाका आधारमा आफूहरु सम्बन्धित स्थलमा पुग्दा उनीहरुसँग भेट भएको वडा अध्यक्षका उम्मेदवार सुनुवारले बताए । सुरुमा मौन अवधिमा किन यसरी भोट माग्दै हिड्नु भएको, आउनुस् बसेर छलफल गरौँ भन्दा उनीहरुले त्यस्तो केही होइन भनेर प्रतिक्रिया दिएको उनले बताए । त्यसपछि काँग्रेसको असन्तुष्ट पक्ष, एमाले र राप्रपाका उम्मेदवार तथा पार्टीका अन्य कार्यकर्ताहरु लाठी, मुङ्ग्रो, भालाm खुकुरी लगायतका हतियार बोटेको टोली आएर आपूmहरुमाथि आक्रमण गरेको उनलले बताए । हतियार सहितको टोली आएरपछि बसेर छलफल गरौँ भन्दा किन हामीलाई छेकेको भन्दै राप्रपाको वडा अध्यक्षका उम्मेदवार पवित्र कुमार सुनुवारसहितको टोलीले आफूहरुलाई खुकुरी प्रहार गरी आक्रमण गरेको रमेशकुमार सुनुवारले बताए ।
राप्रपा, एमाले र काँग्रेसको असन्तुष्ट पक्षले भौतिक कारबाही गरेर भएपनि आफूलाई निर्वाचनमा हराउने योजनाको बनाएर, योजनाबद्ध रुपमा आफूहरु माथि आक्रमण भएको बताए सुनुवारको भनाई छ । यस घटनामा काँग्रेस असन्तुष्ट पक्ष अन्यको पनि संलग्नता रहेको सुनुवारको दावि छ । राप्रपा वडा अध्यक्षका उम्मेदवार पवित्र सुनुवार र प्रदिप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको र अन्य चार जना भने फरार रहेको पनि उनले जानकारी दिए । थप कुरा प्रहरीको अनुसन्धानपछि खुल्ने उनको भनाई छ ।

प्रतिकृया

Add