रामेछापको राकाथुममा काँग्रेस माओवादीबीच झडप एक जना गम्भीर घाइते मतदान प्रभावित

 शुक्रबार, बैशाख ३०, २०७९ | onlinenews

रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका वडा नं. १ राकाथुम माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा मतदान प्रक्रिया सुरु हुनसाथ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । दोहोरो झडपमा परि काँग्रेसका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् । झडप भएपछि मतदान कार्य समेत स्थगित भएको छ । मतदान गर्न लाइनमा बसेका काँग्रेसका एक कर्ताकर्तालाई माओवादी कार्यकर्ताले तान्दा भुइमा लडेपछि झडपको स्थिति सिर्जना भएको प्रत्येक्षदर्शीको भनाई छ ।
झडपपछि मतदान स्थल तनावग्रस्त रहेकाले पुनः मतदान प्रक्रिया अघि बढ्न नसकेको निर्वाचनका कर्मचारी ढुङ्गेलले बताए । दोहोर झडपपछि मतदान स्थलबाट भागेका माओवादी कार्यकर्ताहरुलाई काँग्रेसका कार्यकर्ताहरुले बाटो छेकिरहेकाले पुनः झडप हुनसक्ने अवस्था रहेको स्थानीयको भनाई छ ।

प्रतिकृया

Add